बुटवल २७ असोज । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले स्वतन्त्रको दोकान नचल्ने बताएका छन् । एमालेले प्रतिनिधिसभा सदस्यका लागिरुपन्देही क्षेत्र नम्बर १ मा छविलाललाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनाएका घनश्याम भूसाललाई समर्थन गरेको छ ।
दलहरुमा कमीकमजोरी भए सुधार्न सकिने, तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने उनको दाबी छ । उनले पूर्वसहकर्मी भुसालमाथि राजनीतिक अपराध गरेको आरोप लगाए । आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हटाएर विपक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु र अदालत धाउनु राजनीतिक अपराध भएको बताए । एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले घनश्याम भुसालले पार्टीविरुद्ध पटक पटक बेइमानी गरेको आरोप लगाए ।
२७ आश्विन २०७९, बिहिबार
प्रतिक्रिया