खोज–अनुसन्धान

कपिलवस्तुका २८ मतदान स्थल अति संबेदनशील: सुरक्षाका दृष्टिले ३ तहमा बर्गिकृत




कपिलवस्तु २७ असोज ।कपिलवस्तुमा २८ मतदान स्थल सुरक्षाको दृष्किोणले अति संबेदनशील सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संबेदनशील सुचीमा राखेको हो । प्रजिअ धमेन्द्र कुमार मिश्रले जिल्लामा रहेका २ सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो ।
जिल्लामा बिगतका निर्वाचनमा भएका गतिबिधि, सुृरक्षा संबेदनशीलता लगायतका बिषयमा छलफल गरी मतदान स्थलको बर्गीकरण गरिएको बताए । समितिले १ सय ७ लाई संबेदनशील, र ९९ मतदान स्थललाई सामान्यको सुचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए । गत स्थानीय निर्वाचनमा २ सय ३५ मतदान स्थल र ४ सय ६८ केन्द्र राखिएको थियो ।
यस पटक मतदान स्थल एउटा घाटाएर २ सय ३४ र मतदान केन्द्र ४ वटा बढाएर ४ सय ७२ कायम गरिएको छ । केन्द्रमा निर्वाचनका लागि ३ हजार ७ कर्मचारीहरु परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयकी अनिता क्षेत्रीले बताईन । प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ । निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मारीहरुको सुची समेत आई सकेको छ । सो कर्मचारीहरुको सुची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाईनेछ ।तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थपना भईसेको छ । असोज दोश्रो साता निर्वाचन क्षेत्र नम्बर १ को बाणगंगा नगरपालिकाको गजेहडा, क्षेत्र नम्बर २ को तौलिहवाको जिल्ला समन्वय समितिको कार्यालय र ३ को चन्द्रौटामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसेकेको छ ।
उता निर्वाचनमा सुरक्षालाई बिशेष ध्यान दिइएको प्रहरी उपरिक्षक प्रमे बहादुर बस्नेतले बताए । निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफुहरुले भरपर्दो सुरक्षा ब्यवस्था मिलाउने उनले बताए । निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन । कपिललस्तुको प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ गरी कुल नौ पदकालागि १ सय ४३ जना उम्मेदवार रहेका छन । कपिलवस्तुमा २ लाख २ हजार १२५ पुरुष,१ लाख ७६ हजार १०५ महिला,र २ अन्य गरी कुल ३ लाख ७८ हजार २३२ मतदाता छन ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६