कपिलवस्तु २८ असोज ।बाणगंगा नगर भित्रका नीजि विद्यालयले दशै र तिहार बीच पढाई सूचारु गरेको विषयमा हुन थालेको चर्चा परिचर्चा गंभिर राजनैतिक र सामाजिक आरोप प्रत्यारोपको चरणमा पुगेपछि नगरले सरोकारवालाको भेला नै राखेर यथार्थ अवस्थाको स्पस्टीकरण दिएको छ । नगरले सबै सरोकारवालाको सहभागितामा बनाएको शैक्षिक क्यालेण्डर लागु गर्न गरेको पत्राचार प्रति पढाउने विद्यालललाई रोकेर कस्तो शुसासन खोजेको ? भन्ने देखि लिएर बिभिन्न नकारात्मक टिका टिप्पणी भएपछि नगरले ध्यानाकर्षण गर्दै सरोकारवालको भेला नै राखेर अनुचित टिप्पणीको खण्डन गरेको छ ।
बाणगंगा नगरको शिक्षा समितीका पदाधिकारी , नीजि र सामुदायिक विद्यालयका प्रअ , पत्रकार र शिक्षा सेवीहरुको सहभागिमा भएको भेलामा वोल्दै मेयर चक्रपाणी अर्यालले नगरले चालेको कदम शिक्षालाई एकरुपतामा आधिकारीत र ब्यवस्थित पार्न हो भन्दै अनुभित टिका टिप्पणी गरेर बदनाम गराउन खोजेको आरोप लगाउनु भयो ।प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले कसैले पनि अधिकार कर्तब्य र दायित्व नभूल्नेहो भने समस्या नै नआउने वताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ नगर भित्रको शिक्षालाई ब्यवस्थित पार्ने ,समय सापेक्ष नियमन गर्ने ,एकरुपतामा आधारीत तुल्याएर संचालन गर्ने दायित्व स्थानीय सरकारको हो भनिएको छ । सरोकारवाला सबैको सहभागितामा नगरले बनाएको शैक्षिक क्यालेण्डर तोड्ने अधिकार कुनै नीजि शैक्षिक सस्थालाई कहावाट कसले दियो ? भन्ने प्रश्न नगरले उठाउदै क्यालेण्डर अनुसार नै अघि बढन निर्देशित गरिएको छ ।पछिल्लो सहमति अनुसार आफ्ना प्रतिनिधी सहभागि भएर बनाइएको शैक्षिक क्यालेण्डर लागु गर्न सबै नीजि विद्यालय सहमत भएका छन् ।
क्यालेण्डरमा दशै र तिहार बीच विद्यालयल बन्द रहने ब्यवस्था छ । यस अघि नीजि विद्यालय सञ्चालन रोक्न वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले जारी गरेको पत्रका बारेमा आएका नकारात्मक टिकाटिप्पणी प्रति नगरपलिका असन्तुष्टी जनाउदै नगरले भेला नै राखेर छलफल पश्चात पुन अर्काे विज्ञप्ती जारी गरेको हो । जारी पछिल्लो बिज्ञप्तीमा नगरका सबै विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार दशैं तिहारको बिदामा एकरूपता ल्याउने गरी विदा दिने निर्णय गरिएको छ ।
प्रतिक्रिया