प्रदेश

२५ वर्षदेखि एउटै पदमा लड्दै दुबै प्रतिष्पर्धी



गुल्मी २८ आश्विन । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् ।
गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा ९क० मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए ।
अहिले फेरि एउटै पदमा प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसरी पटकपटक एउटै पदमा एउटै प्रतिस्पर्धी हुँदै आएका छन् । दुबै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ निवासी हुन् । यसपटक कांग्रेसले गठबन्धन गरेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।
२०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधि भएर काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसालबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । दुबै उम्मेदवारको जनप्रतिनिधि भएर काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफ्ना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन्।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६