कपिलवस्तु २८ असोज ।नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो क्षेत्रमा सिँचाईको लागि बजेट व्यवस्था गरे पनि पालिकाले टेन्डर नगर्दा बजेट फ्रिज भएको बताउनु भएको छ । महाराजगन्ज नगरपालिकामा निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उहाँले बुद्धभूमि र महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा किसान मर्कामा परेको बताउनु भयो । हाराजगन्जको तेनुवामा सिँचाईको लागि १ करोड रुपैया बजेट पारे पनि महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा बजेट ल्याप्स भएको बताउनु भयो ।उहाँले अगिल्लो वर्ष पनि तेनुवा बाधको लागि ६५ लाख रुपैया टेण्डर नगर्दा ल्याप्स भएको बताउनु भयो । उहाँले सुर्य चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भएको थियो । जनतालाई सिँचाईको लागि बुद्धभूमिको हरिहरपुर तालमा समेत ५० लाख बजेट ल्याए पनि नगरपालिकाले काम नगरेको बताउनु भयो । उहाँले सिँचाईको लागी २ वर्ष अगाडी नौमुरे सिँचाई आयोजनाको कार्यालय खोले पनि अहिलेको सरकारले काम नगरेको बताउनु भयो ।
उहाले महाराजगन्ज नगरपालिकाको हर्दौनामा पुल बनाउनको लागि टेन्डर भएको बताउनु भयो । विपक्षीले पुल बन्दैन भनेर हल्ला फिजाएको बताउँदै । वृजेश कुमार गुप्ताले आफै पहल गरेर पुल निर्माणको काम अगाडी बढेको बताउनु भयो । उहाँले चुनाव पछि हर्दैना पुलको काम सुरु हुने समेत बताउनु भयो । मैले ठुला कामको लागि मन्त्रालय गएर पहल गर्ने गरेको हुँदा डुमरा महाराजगन्ज हर्दौना सडक कालोपत्रेको काम भएको बताउनु भयो । दुई दशक अगाडी बनेको जिर्ण सडक यसै वर्ष निर्माण सम्पन्न हुने दाबी गर्नु भयो ।उहाँले तकिहावा देखि शान्तीपुर सडकको योजना पारे पनि एमालेको सरकार ढले पछि योजना अलपत्र परेको बताउनु भयो । एमाले सरकार ढले पछि २ वर्ष गठवन्धन सरकारले त्यो योजनामा चासो नदिएको बताउनु भयो । उहाँले पडेरीयामा लिफ्ट सिचाई योजना, बरइपुर, सोनवर्षामा लिफ्ट सिँचाई योजनाको काम भएको बताउनु भयो । हर्दौना र बुद्धभूमिमा कृषि स्मार्ट गाँउ आफ्नो पहलमा भएको बताउनु भयो ।
२८ आश्विन २०७९, शुक्रबार








प्रतिक्रिया