प्रदेश

सोनवर्षा बाँध तत्काल मर्मत गर्न स्थानीयको माग



नेपालगञ्ज २९ असोज । करिब एक साताको अविरल वर्षाका कारण आएको बाढीले नरैनापुर सोनवर्षामा भत्काएको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । सो बाँधलगायत नरैनापुर क्षेत्रमा आएको बाढी र डुबानको स्थलगत निरीक्षण गर्न नरैनापुर पुग्नु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसहितको टोलीसँग पीडित स्थानीयले सो माग गरेका हुन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा ७ र नरैनापुर गाउँपालिकाको वडा ६ मा सिक्टाले बनाएको बाँध भत्किन थालेर गाउँहरूमा बाढी छिरेपछि स्थानीयहरू त्रसित बनेका छन् । सो बाँध भत्किएकाले थप वर्षा भएमा सो क्षेत्रमा ठूलो क्षति हुने सम्भावना देखेर स्थानीयले प्रशासनसँग सो माग गर्नुभएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताउनुभयो ।
राप्तीसोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधि र स्थानीय बासिन्दाको माग सुनेर अवलोकन गर्न पुग्नुभएका प्रजिअ खत्रीले तत्काल बाँधको तटबन्ध मर्मत र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकाले गृह मन्त्रालयमार्फत बाढी प्रभावितहरूको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६