प्रदेश

गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील



गुल्मी २९ असोज । गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा राखेको हो।
विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार यस जिल्लामा तोकिएका १४२ मतदानस्थलमध्ये ३५ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। त्यस्तै, ६७ मतदानस्थललाई संवेदनशील र ४० मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको उहाँले बताउनुभयो।
दुई नगरपालिका र १० गाउँपालिका गरेर १२ स्थानीय तह रहेको यस जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता सङ्ख्या कायम गरिएको छ। जसमा पुरुष एक लाख १० हजार ३१५, महिला एक लाख १३ हजार २९८ र अन्य दुई जना रहेका छन्।
जिल्लामा २७८ मतदान केन्द्र रहेको छ। मतदाता सङ्ख्याको आधारमा मतदान केन्द्र थपघट गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो। कालीगण्डकी गाउँपालिका(२ मा रहेको दभौखानी माविमा पहिले दुई मतदान केन्द्र रहेका थिए। अहिले एक मतदान केन्द्र कायम गरिएको छ।
त्यस्तै, छत्रकोट गाउँपालिका( ४ मा रहेको लक्ष्मी आधारभूत विद्यालयमा पहिले एक मतदान केन्द्र रहेको थियो। अहिले दुई मतदान कायम गरिएको छ। मुसिकोट नगरपालिका( ८ मा रहेको शारदा विद्यामन्दिर माविमा पहिले तीन मतदान केन्द्र रहेको थियो। अहिले दुई मतदान केन्द्र कायम गरिएको सूचना अधिकारी पाण्डेले बताउनुभयो।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६