जीवनशैली

माछापुच्छ्रे बैंकको बदमासी, करौडौं रकम ब्यक्तिगत प्रयोगमा



आश्विन २९ भैरहवा । रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की बिन्द्रावती लोध घर छेउमै बैंक खुल्दा खुशी भएकी थिइन् । बैंकमा रकम जम्मा गर्न मर्चवारको मझगावा या भैरहवा नै पुग्नु पर्ने उनको बाध्यतालाई घर नजिकै खुलेको माछापुच्छ्रे बैंकले हटाएको थियो । घर नजिकै बैंक पाएकी लोध छोरीको बिवाहको तैयारीको लागि भन्दै आफ्नो पेट काटेर बैंकमा रकम जम्मा गर्न थालिन ।
करिब ४ लाख रुपैया जम्मा गरेकी बिन्द्रावती आफ्नो छोरी रीमा लोधको प्रसुतिको लागि बैंकबाट रकम झिक्न जाँदा बैंकमा रकम नै रहेको भने पछि मात्र माछापुच्छ्रे बैंकको बदमाशी थाहा पाइन् । रकमकै अभावले उनले नातिनि गुमाउनु पर्यो । बैंकल रकम नदिए पछि उनको नातिनी निमोनियाको कारण ज्यान गुमाईन । त्यो भन्दा बढी चिन्ता उनलाई अब अर्को छोरीको बिहेको रहेको छ । छोरीको बिहेको लागि भन्दै जम्मा गरेको रकम नै अहिले हिनामिना भएको छ ।
सोही स्थानकी वृद्धा नैनमति लोध उमेर छँदै भविष्यमा काम लाग्ने भन्दै सोही बैंकमा रकम जम्मा गरिरहेकी थिईन । अहिले उनको खुट्टा भाचिएको छ । भाचिएको खुट्टाको उपचार गर्न नैनमति बैंक धाउदा धाउदा हैरान भएकी छिन् तर उनले पनि रकम पाउन सकिरहेकी छैनन् ।
रोईनिहवाकै चिग्गु लोधले पनि छोराले बिदेशबाट पठाएको रकम घर नजिकैको माछापुच्छ्रे बैंकमा जम्मा गरिरहेका थिए । पेट काटेर जोगाएको रकम लाखौंमा पुगिसकेको थियो । तर अहिले १ रुपैया पनि खातामा जम्मा नभएको जानकारी उनलाई आएको छ ।
यी त प्रतिनिधिमूलक घटना मात्र हुन । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा शाखा रहित बैंकिङ्ग सुविधा प्र्रदान गर्दै आएको माछापुच्छ«े बैंकले यस्ता सयौं निक्षेप कर्ताको रकम हिनामिना गरेको खुलेको छ । रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बंैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरेको पाइएको छ ।
रुपन्देहीको पनि दुर्गम क्षेत्रको रुपमा रहेको मर्चवारमा राष्ट्रबैंकको निति अनुसार माछापुच्छ«े बैंकले शाखा रहित बैंकिङ्ग कारोबारको लागि कार्यालय खोलेको थियो । गत स्थानिय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहि दोश्रो भएको स्थानिय निरन्जन पाठकले एजेन्ट भई बैंक संग सम्झौता गरेर उक्त बैंक सञ्चालन गरेका थिए । कारोबार ब्यवस्थापनको लागि भन्दै सोही गाउँकै सिकन्दर ठाकुरलाई ब्यवस्थापक पनि बनाईएको थियो ।
उनै ठाकुरले अहिले सयौ सेवाग्राहीहरुको करौडौं रकम ठगि गरेका छन् । बैंकमा रकम जम्मा गर्न आउनेहरुको रकम अनलाईन कारोबार नगरि अफलाईन कारोबार गरेको उनको भनाई छ ।
ठाकुरले हाँकाहाँकी गल्ती गरेको बताइरहेका छन् । उनले यसको लागि आफुले नक्कली छाप बनाएको र कुनै भौचरमा बैंकको आधिकारीक छाप र कु्नैमा सोही नक्कली छाप लगाउने गरेको बताए । कुल गरेर करिब डेढ करोड रुपैयाको कारोबार फरक परेको र यो रकम आफुले घर जग्गा बेचेर तिर्ने उनको भनाई छ ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६