जीवनशैली

मोटर साइकलको ठक्करबाट दाङमा ४ वर्षीय बालकको ज्यान गयो



आश्विन २९ दाङ । दाङमा मोटरसाईकलको ठक्करबाट ४ वर्षका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका ७ खैरेनी निबासी केशव डाँगीको ४ वर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
हापुरेबाट तुलसीपुर तर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका २ निबासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना खैरेनिमा हिजो साँझ पौने पाँच बजे भएको थियो ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६