ब्रेकिंग न्युज

अनेरास्ववियु कपिलवस्तु: सयथरी बाजा एउटै ताल



कपिलवस्तु, २९ असोज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्ला कमिटीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ लक्षित निर्वाचन परिचालनको जिम्मेवारी बाडफाड गरेको छ । जिल्ला पार्टी कार्यालय तौलिहवामा आयोजित अनेरास्ववियु कपिलवस्तुको बैठकले जिल्लामा अनेरास्ववियु कपिलवस्तुका जिल्ला अध्यक्ष अन्जित खनालको संयोजकत्वमा प्रतिनिधि सभा क्षेत्र नं १ मा सन्दीप आचार्य क्षेत्र नं २ मा हेमराज खनाल र निर्वाचन क्षेत्र नं ३ मा दिपा गैरेलाई जिम्मा दिइएको छ । यस्तै बैठकले क्षेत्रीय संयोजक १ (१) बिष्नु घिमिरे र दिनेश थारु , १ (२) मा शिबलाल ठाकुर, क्षेत्रीय संयोजक २ (१) मा प्रकाश न्यौपाने र ३(१) मा राहुल यादब, ३(२) बिष्नु थापा लाई जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले प्रत्येक पालिकामा पालिका अध्यक्षको संयोजकत्वमा भुगोलका जिल्ला सदस्य हरुलाई समेत निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ । जस अन्तर्गत बाणगंगा नगरपालिकामा भोजराज बन्जाडे र सन्दिप न्यौपाने, बुद्धभुमी नगरपालिकामा पारस मरासिनी र सुबास घिमिरे, कृष्णनगर नगरपालिकामा चितबन ठाकुर, बिजयनगर गाउँपालिकामा कृष्ण शर्मा पौडेल, शुद्वोधन गाउँपालिकामा मनिष चौधरी लाई जिम्मेवारी दिएको छ । बाकी पालिकामा भने गृहकार्य गरेर छिटै जिम्मेवारी प्रदान गर्ने र कार्तिक ५ गते क्षेत्र नं ३ को भेला बिजयनगरमा, कार्तीक ६ गते क्षेत्र नं २ को भेला गर्ने र ७ गते भने क्षेत्र नं १ को क्षेत्रीय भेला गर्ने जिम्मेवारी दिएको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष अन्जित खनालले बताए ।

यस्तै अनेरास्ववियु कपिलवस्तुले नेकपा एमाले जिल्ला पार्टी कार्यालय तौलिहवामा एक कार्यक्रमका बिच टिसर्ट बिमोचन समेत गरेको छ ।सयथरी बाजा एउटै ताल भनेझै फरक फरक जिम्मेवारी र पृष्ठभूमीवाट आएका विधार्थी नेताको एउटै पहिचान सार्वजनिक भएको हो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिब श्याम प्रजापतिको प्रमुख आतिथ्यता, अनेरास्ववियु स्थायी कमिटी सदस्य टुकलाल गैरे, अनेरास्ववियु कपिलवस्तुका पुर्व अध्यक्ष बिकास आचार्य र बाबुराम अर्यालको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियु कपिलवस्तुका जिल्ला सदस्य हरु उपस्थिति थिए ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६