पार्वती पाण्डे
कपिलवस्तु २९ असोज ।कलिला बाल बालिकाको क्षेत्रमा धेरै लगानी गरेका देशहरु समृद्ध र जनता सुखी हुने कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले वताउनु भएको छ । पौडेलले बाल क्षेत्रमा उच्च लगानी नगरको दिर्घ आम्दानी हो भन्दै आचरण अनुशासन मर्यादा र कर्तब्य निष्ट नागरिक बन्न उनीहरु वालवालिका रहदै राम्रो वातावरण पाए भने मात्र संभव हुने वताउदै त्यस्ता वालवालिका नै पछि गएर दिगो श्रोतका रुपमा विकास हुने तर्क गर्नु भयो । उहाले सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको दशौं साधारण सभा तथा पाचौं अधिवेशनलाई संवोधनका क्रममा यस्तो वताउनु भएको हो । मेयर पौडेलले प्रारम्भिक वालविकासको क्षेत्रमा नगरले विशेष लगानी सहित सहयोग पुर्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै मेयर पौडेलले ससाना वालवालिकाको चौतर्फी विकासका लागि सरकारले समयमै ध्यान पुर्याउनु पर्ने जनाउनु भयो । ससाना वालवालिकालाई लगाएको लगानीले देशमा ठुलो परिणाम ल्याउने उहाँले बताउनु भयो । कार्यक्रममा वरिष्ठ समाजसेवी हरिराज शर्मा , वारका अध्यक्ष चन्द्रवहादुर खड्का , संस्थाका पुर्व अध्यक्ष हुमनाथ पाण्डे , गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रविण श्रीवास्तव , समाजसेवी सुरेन्द्रराज लम्साल लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव पार्वती पाण्डेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बसन्ती कुमारी सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष भोजराज खनालको अध्यक्षता , उपाध्यक्ष सकिला खातुनको स्वागतमा भएको कार्यक्रममा संस्थामा योगदान पुर्याएका संस्थाका पुर्व अध्यक्ष हुमनाथ पाण्डे , संस्थाका परियोजना संयोजक अनिता शर्मा लगायतलाई सम्मान समेत गरिएको थियो ।
२०५८ सालमा स्थापना भएको यस सेवाले ५ वर्ष देखि मुनिका वालवालिकाको चौतर्फी विकासका लागि प्रारम्भिक वालविकास केन्द्रहरुमा प्राविधिक सहयोग पुर्याउदै आएको छ । यसै विच पाचौं अधिवेशनबाट अधिवक्ता हुमनाथ पाण्डे अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । समितिको उपाध्यक्षमा पार्वती पाण्डे , सचिवमा रिता थापा बोहोरा , कोषाध्यक्षमा वसन्ती सिंह , सदस्यहरुमा भोजराज खनाल , सकिला खातुन , तुल्शा गैरे ,सरस्वती पौडेल , गम्बा रैदास , रामभजन कलवार,भक्तिराम पन्थि , गंगाधर आचार्य सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया