खोज–अनुसन्धान

राष्ट्रलाई भेण्टीलेटरवाट बाहिर झिक्न गठबन्धनलाई हराउनै पर्छ : घिमिरे




प्रयास पोख्रेल
कपिलवस्तु २९ असोज । नेकपा एमालेकि पोलीटव्युरो सदस्य बिमला घिमिरेले गठबन्धनको सरकार आएपछि देश संकटपुर्ण अवस्थामा आएको बताउनु भएको छ । उहाले राष्ट्रलाई भेण्टीलेटरवाट बाहिर झिक्न गठबन्धनलाई हराउनै पर्ने तर्क गर्नु भयो । अखिल नेपाल महिला संघ कपिलवस्तुको तेस्रो बैठकलाइ सम्वोधन गर्दै उहाँले एस्तो बताउनुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी ओलिको सरकार ढलाउन आफ्नै पार्टीका सचिवालय सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याएको स्मरण गर्दै त्यस्ता शक्तिलाइ चुनावबाट परास्त गरीने पनि उहाँले बताउनुभयो ।


उहाँले निर्वाचनमा डटेर लाग्नुपर्नेमा जोड दिदै एमालेलाइ हार्ने छुट नभएको बताउनुभयो । राजनीतिक गतिविधिलाई तिब्र पार्न र निर्वाचनको माहोल बनाउन तथा आफ्ना प्रतिनीधिलाइ जिताउने काममा लाग्न अनेमसंघका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका लेखा आयोग सभापती तथा कपिलवस्तु क्षेत्र न. १ क का प्रतक्ष तर्फ एमालेबाट उम्मेदवार बन्नुभएका बिष्णु पन्थिले यो निर्वाचनमा महीला सक्रिय भएर लागेमा कपिलवस्तुका सबै क्षेत्र र प्रदेशमा जित हात पार्दै रेकर्ड राख्ने दाबी गर्नुभयो ।


अखिल नेपाल महिला संघ कपिलवस्तुकी अध्यक्ष चेतना अधिकारीलेले बैठकका एजेण्डा प्रस्तुत गर्दै १ हजार ५१ जनाको निर्वाचन परीचालन कमिटी गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले कपिलवस्तुमा ५ हजार ७ सय २३ जना महिला संघमा आबद्ध रहेको बताउँदै कपिलवस्तु क्षेत्र न. १ मा अनेम संघ कपिलवस्तुकी उपाध्यक्ष सान्ता पाण्डेको संयोजकत्वमा निर्वाचन परीचालन कमिटी गठन गरीने जानकारी दिनुभयो । त्यस्तै क्षेत्र न. २ मा उपाध्यक्ष टिका उपाध्यायको संयोजकत्वमा निर्वाचन परीचालन कमिटी गठन हुने र क्षेत्र न. ३ मा कोषाध्यक्ष लक्ष्मि कुमारी चौधरीको संयोजकत्वमा कमिटी गठन हुने जानकारी दिनुभयो ।


कार्यक्रममा पुर्व सांसद शान्तीदेवी हरीजन, वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता थारु, सिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारु लगायत अखिल नेपाल महिला संघ कपिलवस्तुका जिल्ला नगर र वडाका प्रतिनीधिहरुको उपस्थीती रहेको थियो । अनेम संघ कपिलवस्तुकी उपाध्यक्ष सान्ता पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव धनु अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६