कपिलवस्तु २९ असोज ।नेकपा एमाले कपिलवस्तुको प्रदेश क्षेत्र १. १ मा विभिन्न वडाका भेलाहरु सम्पन्न भएका छन् । जस अनुसार वडा नं २ मा भएको भेलामा वोल्दै एमालेका केन्द्रिय नेता एवम प्रदेश सभा सदस्य उम्मेदवार विष्णु पन्थीले पाच वर्षको अवधीमा आफूले धेरै महत्वपूर्ण विकास निर्माणका काम गरेको दावि गर्नु भयो ।उहाले आफूले ९८ काम राम्रा गरेको तर २ वटा काम मात्रै गल्ती भएको भन्दै स्पष्टीकरण दिनु भयो । उहाले आफूवाट केहि गल्ती भएको भए कसैले नमस्कार गर्दा ध्यान नपुगेर नमस्कार नफर्काएको हुला ,ब्यस्त भएर कसैको फोन उठेन होला त्यो वाहेक कुनै गल्ती मवाट भएको छैन भन्ने दावि गर्नु भयो ।
उम्मेदवार पन्थीले अवको ५ वर्षमा चमत्कार पूर्ण काम गर्ने वाचा गर्नु भयो । सो भेलामा वोल्दै एमालेका नेता एवम क्षेत्रिय सहसंयोजक विश्व कार्कीले वाणगंगा २ विष्णु पन्थी र वलराम अधिकारीको पक्षमा सबै भन्दा धेरै फराकिलो मतान्तर दिने वडाका रुपमा देखा पर्ने स्पष्ट पार्नु भयो ।यस्तै प्रदेश क्षेत्र १.१ का निर्वाचन संयोजक भेषराज पाण्डेले वोल्दै एमालेको पक्षमा बाणगंगाले ५ हजार बढीको फराकिलो अन्तर दिलाउन सफल हुने दावि गर्नु भयो।
वडा स्तरीय निर्वाचन परिचालन समितीका संयोजक ताराजन घिमिरेको अध्यक्षता सहसंयोजक विष्णु पौडेलको स्वागत र सचिव नहकुल शाशीको संचालनमा भएको भेलामा एमाले वाणगंगाका अध्यक्ष यूवराज पोखरेलले यसपाली एमालेले एक्लै वहुमत ल्याएर देशलाई नयाँ यूगमा प्रबेश गराउने सुनौलो मौका आएको वताउनु भयो ।
प्रतिक्रिया