हरि घिमिरे
कपिलवस्तु, ३० असोज ।
कपिलवस्तुको कृष्णनगरमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद छ । ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलिले उक्त रकम बरामद गरेको हो । कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटा तर्फ आउँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सुचनाको आधारमा चेक जाँच गर्दा रकम फेला परेको प्रहरीले जनाएको छ । प्युठान नगरपालिका ८ मानागाँउका शुशिल बहादुर पुन मगरले चलाएको बसमको अगाडीको बोनटको भागमा भारतिय पत्रिकाले बेरिएको अवस्थामा नेपालि रुपैयाँ फेला परेको जनाईएको छ । चालक पुनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाउने भएको छ । बरामद गरिएका नेपालि नोट रु.१ हजारको नोट १ हजार थान, रु.५ सयका नोट ६ सय थान, र रु.१ सय को नोट ८ थान रहेको प्रहरीको भनाई छ ।
३० आश्विन २०७९, आइतबार








प्रतिक्रिया