प्रदेश

नवौँ राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गयो



कास्की, ३० असोज । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएको छ ।

आज आइतवार पोखराको सराङकोटमा आकाशमा उडिरहेको अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पोखरा–१० अस्पताल चोकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चोकमा रहेको मेट्रो सिटी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो । उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६