बाणगंगा, ३० असोज ।
केही महिना यता कपिलवस्तु सहित देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछी कपिलवस्तुको बाणगंगामा डेङ्गु नियन्त्रणको लागी लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरीएको छ ।
वडा भित्र रहेका सवै स्वास्थ्य संस्थाबाट वडा वडामा डेंगु संक्रमित खतराका उपाय तथा बच्ने उपायका बारेमा जानकारी गराउदै टोल टोलमा जनचेतना सहित संभावित स्थलहरुमा रहेका टायर, पानी जम्ने स्थान , ड्रमहरु सरसफाई सहित र्याली निकालिएको हो । वडा नं ६ मा आयोजित कार्यक्रममा बोल्दै नगर कि उपप्रमुख रिता चौधरीले यसवर्ष कपिलवस्तुमै बाणगंगा डेंगुको उच्च जोखिममा रहेको बताउदै बढदो शहरीकरण र सफा वातावरणमा डेंगु बढेको बताईन् ।
उनले मानिसको चाप जस्तै डेंगुको लामखुट्टे ले पनी ग्रामिण भेगभन्दा शहर नै रुचाउने गरेको बताईन् । खाँसगरि नगरमा उच्च चाप रहेको बाणगंगा १, २,,४, ७ र ८ मा बढी प्रकोप भेटिएको उनको भनाई छ ।
यसैबिच बाणगंगा नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष टेक बहादुर झेणी मगरको अध्यक्षतामा सुरु भएको यस अभियान कार्यक्रम अबको एक हप्ता सम्म चल्ने बताइएको छ । डेङ्गु रोग विरुद्ध हाम्रो अभियान सफा राखौँ आफ्नो गाउँ घर आगन भन्ने मुल नारा सहित आज वडा नम्बर ३ को स्वास्थ्य चौकी बाट सुरु गरीएको यस अभियानमा वडाका विभिन्न गाउँमा पुगी लामखुट्टेले फुल पार्न सक्ने ठाउँको पहिचान गरी लामखुट्टेको लार्भा नष्ट गरीने स्वास्थ्य चौकी इन्चार्ज जानकी चौधरीले बताए ।
बाणगंगा नगरपालिका स्वास्थ्य साखा कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका वडा नम्बर ३ को सहआयोजनामा सुरु भएको यस अभियानले डेङ्गु नियन्त्रणमा महत्वपुर्ण सहयोग पुग्ने वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेणी मगरले बताए ।
यता बाणगंगा ५ कोपवा मा पनी स्वास्थ्य चौकीमा कार्यक्रम पछी कोपवा बजारमा र्याली सहित संभावित स्थलहरुको निरिक्षण गरिएको थियो । बाणगंगामा आयोजित वडा अभियानमा वडा नं ४ मा नगर प्रमुख चक्रपाणी खनाल ५रू६ मा उप प्रमुख रिता थारु , १० र ११ मा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल र स्वास्थ्य ईन्चार्ज ठगराज भुषाल , ८ मा सुचना अधिकारी केशवराज भट्राई ,वडा नं ७ मा लेखा अधिकृत केशव गैरे , वडा २ मा खिम बहादुर जि.सि. लगाएतको जिम्मेवारी तोकिएको बताईएको छ । अभियान ५ दिन सम्म चल्ने र हालसम्म जिल्लामा १२३ जना संत्र, मित भएको र जसमध्ये ६३ जना सक्रिय संत्र, मित रहेको स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिएका छन् । कार्यक्रममा वडाध्यक्ष सदस्यहरु,हरेका वडामा टोल विकास संस्थाका पदाधिकारीहरु , संचारकर्मी , सुरक्षा निकाय महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया