ब्रेकिंग न्युज

कपिलवस्तुका माओवादी,काँग्रेसका शिर्ष नेता एमालेमा प्रवेश



कपिलवस्तु, ३० असोज । वाणगंगा नगरपालिका वडा नम्बर ११ बाट माओवादी काँग्रेसका शिर्ष नेता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विमला चौधरी र जिल्ला कमिटि सदस्य सोमनाथ अर्याल सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले कपिलवस्तुको चारनम्बर स्थित प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ प्रदेश सभा १ को संयुक्त निर्वाचन कार्यालयमा पोलिटव्युरो सदस्य विमला घिमिरे, केन्द्रिय सदस्य तथा उम्मेदवार बलराम अधिकारी, केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा प्रदेश उम्मेदवार विष्णु पन्थी, प्रदेश कमिटिका नेता, जिल्ला अध्यक्ष डम्मर शर्मा लगाएतका नेताहरुले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।


लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा कटिवद्ध विमला चौधरी स्थानीय स्तर देखि केन्द्र तहसम्म पार्टीको नेतृत्व तहमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी थिइन् । त्यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल सालिन प्रभावशाली युवा नेताको रुपमा जिल्ला स्तरमा परिचित छन् । त्यस्तै नेपाली काग्रेसका पूर्व महासमिति सदस्य गौरीशंकर चौधरीको नेतृत्वमा दर्जर्नौ कार्यकर्ता र विप्लब नेतृत्वको नेकपाबाट जिल्ला नेता नेत्र खनाल लगाएतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै स्थानीय स्तरका कमिटिका नेता तथा कार्यकर्ता समेत पार्टीमा प्रवेश गरेका हुन् ।

वाणगंगा नगरपालिका वडा नम्बर ११ बाट माथिल्लो कमिटिदेखि तल्ला कमिटि सम्मका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेपछि पार्टी पक्तिमा खुशी छाएको छ ।प्रवेशी नेता विमला चौधरी, सोमनाथ अर्याल लगाएतले पार्टी प्रवेश सन्दर्भलाई जोड्दै आफुहरु सैद्धान्तिक र वैचारिक हिसावले कम्युनिष्ट विचार धारा भएकाले नेकपा एमाले राष्ट्रियता र समृद्धिका लागि काम गर्ने पार्टी भएकाले एमालेमा समाहित भएर राजनीतिक यात्रालाई अघि बढाउने भएको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य समेत रहेकी विमला घिमिरे विगतमा नेकपामा रहेर सहयात्रा गरेर काम गरिसकेकाले पार्टी प्रवेश कार्यक्रम एमालेको नीति प्रति आकर्षण भएर आउनु विगतको निरन्रता भएको बताउनुभयो । कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको संचालनमा पार्टी प्रवेश कार्यक्रम संचालन भएको थियो ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६