ब्रेकिंग न्युज

वाणगंगामा लामखुट्टेको र्लाभा नष्ट अभियान



कपिलवस्तु ३१ असोज
वाणगंगा नगरपालिका कपिलवस्तुले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको र्लाभा नष्ट पार्न आज अर्थात असोज ३० गते बाट ११ वटै वडामा एकै साथ अभियान शुरु गरेको छ ।
नगरभित्र कोहि पनि नागरिक डेंगुबाट मृत्युको मुखमा पर्न नपरोस भन्दै सबै नागरिकलाई सचेत पार्न र लार्भा नष्ट गर्न अभियान शुरु गरेको वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भयो । आइतवार गजेहडा स्वास्थ्य चौकीको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै मेयर अर्यालले यस्तो बताउनु भएको हो । मेयर अर्यालले घरवरिपरि सफासुग्घर राख्ने , पानी जम्ने खाल्टा खुल्टी पुर्ने डेंगु रोगबाट बच्नका लागि सबै नागरिकलाई अभियानमा सरिक हुन समेत सबै नगरबासीमा आग्रह गर्नु भएको छ । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष छबीरेश्मी मगरले डेंगुबाट बच्न सबै नागरिक लामखुट्टेको टोकाईबाट बच्नु पर्ने जनाउनु भयो । कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले डेंगुबाट बच्न पानी जम्न सक्ने भाँडाहरु जस्तै गमला , फुलदानी , खाली बट्टा , गाडिको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय अपनाउन समेत आग्रह गर्नु भएको छ । सिअहेब कृष्ण बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा सिअहेब सुन्दर तरामुले डेंगु रोगबाट बच्ने उपायको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । गजेहडा स्वास्थ्य चौकीका प्रमुख द्रोण बेल्बासेले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा टोल टोलमा खट्न विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । यसै विच डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको र्लाभा नष्ट पार्ने अभियान अन्तरगत आधारभुत स्वास्थ्य सेवा केन्द्र उत्तमनगरले आइतवार एक कार्यक्रम गरेको छ


कार्यक्रममा बोल्दै नगरका राजश्व अधिकृत मदन घिमिरेले डेंगु रोगबाट बच्न सबै सचेत हुनु पर्ने बताउनु भयो । यसबाट बच्नका लागि सबै नागरिकहरुले सरसफाईमा जोड दिने , शरीर ढाक्ने गरि फुल कपडा लगाउनु पर्ने जनाउनु भयो । कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सञ्जु सागर मल्ल , स्वास्थ्य सेवा केन्द्रका प्रमुख ईश्वरा खरेल लगायतले बोल्दै डेंगुबाट बच्नका लागि थालिएको अभियानमा सबै नागरिक सरिक भई लामखुट्टेको लाभ्रालाई नष्ट गर्न आग्रह गर्नु भएको थियो ।


आजै वडा अध्यक्ष मल्लको अगुवाईमा उत्तमनगर आसपासमा लामखुट्टेको लाभ्रा नष्ट गरिएको स्वास्थ्य प्रमुख खरेलले बताउनु भयो । वाणगंगामा २ सय ४७ ले डेंगुको परिक्षण गरेकोमा ५९ जनामा डेंगु भेटिएको छ । नगरको ४ , १ र २मा डेंगुका विरामी बढि भेटिएको छ । कपिलवस्तु जिल्लाभरमा २ सय ४७ जनाले डेंगु परिक्षण गरेकोमा १ सय २८ जनामा डेंगु भेटिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६