कपिलवस्तु ३१, असोज ।
नेकपा एमाले क्षेत्र नम्बर २ प्रतिनिध सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवार सहित मंगलवार देखी घरदैलो कार्यक्रम सरु हुने भएको छ । जनता सँग आफ्ना पहलमा भएको योजना र आगामी कार्ययोजना सहित घर दैलो गरिने भएको छ । सोमवार सम्पन्न बैठकले निर्वाचन आचार संहिता पालन गर्दै घरदैलो गरिने निर्वाचन परिचालन कमिटिका संयोजक झवीलाल पोख्रेलले बताउनु भयो ।
बैठकलाई सम्वोदन गर्दै एमाले केन्द्रिीय सदस्य गिरीधारी लाल न्यौपानेले एमालेले कपिलवस्तुको विकासको लागि तिलौराकोट गुरुयोजना, हुलाकी राजमार्ग, चन्द्रौटा कृष्णनगर सडक, डुमरा महाराजगन्ज सडक जस्ता महत्वपुर्ण योजना संचालन गराएको बताउनु भयो ।
कार्यक्रमको सम्वोदन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वृजेश कुमार गुुप्ताले मर्यादपुर नाका लाई प्युठान सँग जोड्नका लागि बुद्धभूमी – रनगाई –मौवावारी–सिद्धरा–ऐरावती हुदै प्युठानको दरवाङ जोड्ने सडक निर्माणको परिकल्पना गरिएको बताउनु भयो । उहाँले आफ्नो पहलमा बुढ्ढी मौवावारी सडक खण्डको बक्टापुर सम्मको सडक कालो पत्रे अन्तिम चरणमा रहेको बताउनु भयो । सो सडक एमाले सरकारको पालामा सर्बे भएको बताइएको छ ।
निर्वाचन क्षेत्र नम्बर २(क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेले युवाहरुलाई लक्षित गर्दै काम गर्ने बताउनु भयो । अहिले युवाको क्षेत्रमा कम बजेट विनियोजन हुन्छ । खेलकुद, तालिम, स्वरोजगार, उद्धमीको लागि आफु योजना ल्याउने बताउनु भयो । फुटवल खेलमैदान निर्माण र क्रिकेटको विकासको लागि समेत पहल गर्ने दाबी गर्नु भयो ।








प्रतिक्रिया