कपिलवस्तु, ३१ असोज ।कपिलवस्तुमा ’लौरो’ चुनाव चिह्न लिएको राजनीतिक दल ‘हाम्रो नेपाली पार्टी’ का उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रुपमा खुलेआम प्रचारप्रसार गरिरहेको पाईएको छ । सो दलका उम्मेदवारहरुले कपिलवस्तुको क्षेत्र नम्बर १ सहितका क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रचारप्रसार गरेको पाईएको हो ।सडक छेउका पोल, घरका भित्तामा पास्टरहरु टास्ने गरेको देखिएको छ । उनीहरुले आफुहरु स्वतन्त्र उम्मेदवारको भन्दै आम मतदाताहरु सम्म पुगेको बाणगंगा ११ का रामु चौधरीले जानकारी दिए । उनीहरुले गाडीहरुमा नै व्यानर तथा पोस्टरहरु टासेर साउण्ड सिस्टमको प्रयोग गरि प्रचारप्रसार गरेको अर्का एक स्थानीय विश्राम चौधरीले बताए ।
यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय कपिलवस्तु भने बेखबर छ । कपिलवस्तु क्षेत्र नम्बर १ निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीले यस सम्बन्धमा कुनै जानकारी नरहेको बताए । उनले त्यस्तो भएको पाईए आफुहरुले अनुगमन समितिलाई जानकारी गराउने बताए ।निर्वाचन आयोगले कतिपय जिल्लामा हाम्रो नेपाली पार्टी’ का उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचारप्रसार गरिरहेको थाहा पाएपछि कारबाही प्रक्रिया अघि बढाएको छ ।आयोगले सो दलका उम्मेदवारहरुलाई पत्राचार गर्दै आचारसंहिता उल्लंघनको कसुरमा किन कारबाही नगर्ने रु भन्ने कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन समेत भनेको छ । यद्यपी कपिलवस्तु भने ती जिल्लामा परेको छैन ।
प्रतिक्रिया