पार्वती पाण्डे
कपिलवस्तु ३१ असोज ।नेकपा एमाले वाट कपिलवस्तु प्रतिनिधी सभा १ को उम्मेदवारी दिनु भएको नेता बलराम अधिकारीले आफू संविधान सभासदस्य भएका बखत गरेका जति महत्वपूर्ण काम विगत र वर्तमानमा अरु कसैले नगरेको दावि गर्नु भएको छ । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं १ ले वडा नं ८ मा राखेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा यस्तो वताउनु भएको हो । क्षेत्र नं १ का विकासका सबै भन्दा ठूला योजना आफ्नो कार्यकालमा थालनी भएको दावि गर्नु भएको छ ।
उहाले आफू संविधान सभा सदस्य भएका बखत लक्ष्मण घाटमा पुल बनेको वताउनु भयो । बनगाई तिलौराकोट पर्यटकीय सडक कालोपत्रे सहित निर्माण हुनु , डवललेनको जीतपुर तौलिहवा सडक निर्माणको प्रारम्भ हुन ,चाकड चौडा पकडी हुदै पिपरा सडक शुरु गर्नु,कपिलवस्तुकै सबै भन्दा ठूलो क्षमताको सामुदायीक सभाहल शिद्धार्थ क्याम्पसम बन्नु ,श्रृङिघाट र चार मौजा सिंचाई प्रणाली स्थापना भई ठूलो क्षेत्र सिंचाईको दायराम आउनु जस्ता महत्व पूर्ण काम भएको वताउनु भयो ।
शान्तिकुञ्ज मधुवन धाम ,कपिल आरोग्य क्षेत्रमा कपिलधाम , नन्दनगरमा सस्कृत विद्या धाम जस्ता कामको शुरुवात पनि आफ्नै पालमा भएको दावि गर्नु भयो । उहाले त्यस यता र त्यस अघि यहा कसले के गरयो र ? भन्ने समेत प्रश्न गर्नु भयो ।त्यस्तै मायादेवी रंगशालाले पनि उचित संरक्षण र प्रवद्र्धन पाउनका लागि एमालेको विकल्प नरहेको प्रतिनिधी सभा सदस्य पदका उम्मेद्वार अधिकारीले बताउनुभएको छ । उहाँले रंगशालाको विकास भएसंगै खेलकुद क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने बताउदै यस ठाउँको समेत पहिचान समेत झल्किने दावि गर्नुभयो । त्यस्तै उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधारमा आफ्नो विशेष जोड रहने बताउदै बाणगंगा ८ मोर्मी बुटकामा कोइली नदीको पानी प्रयोग गरि जलविहार बनाउने समेत बताउनुभएको छ ।
यता सोही कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरेले देशको राष्ट्रियता बचाउन र जनताका चाहाना पुरा गर्नका लागि एमालेका उम्मेद्धवारलाई जिताउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभा सांसद समेत रहनुभएकी घिमरले कपिलवस्तुको विकास लागि सुर्य ध्वजावाहक उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । क्षेत्र नंं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीले बर्षौ देखि गम्भिर समस्याको रुपमा रहेको कोईली नदीको पुल निर्माणका लागि आफुले धेरै प्रयास गरेकाले आफ्नै पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले त्यसको काम अब छिट्टै सुरु हुने बताउनुभयो । यस अघि पनि प्रदेश सांसद हुंदा लोकप्रिय काम गर्नुभएका एमाले नेता पन्थीले प्रदेशको विकासका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।
पन्थीले प्रसिद्ध धार्मिक स्थल लक्ष्मणघाटकोे विकासमा विशेष जोड दिईएको बताउनुभएको छ । यस अगाडि पनि लक्ष्मणघाटको विकासका लागि विशेष पहल गर्दै आउनुभएका पन्थीले एमालेका उम्मेद्वारलाई जिताएमा मात्र दिगो विकासको सपना पुरा हुने बताउनुभयो । उहाँले देशमा राष्ट्रियता र राजनीतिक स्थिरताका लागि एमालेको बहुमत आवश्यक रहेको बताउनुभयो ।क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले शुद्धोधन गाउँपालिकाका लवनी, बगदी लगायत विभिन्न स्थान तथा मायादेवी गाउँपालिकाका पनि विभिन्न ठाउँमा मतदाता भेटघाट गर्नुभएको छ । आगामि योजनाका साथ जनतामाझ जानुभएका चौधरीले मधेशी समुदायको समग्र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । विशेष गरि मधेशी समुदायलाई सामाजिक रुपान्तरणको आवश्यकता रहेकाले भौतिक विकाससंगै अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया