कपिलवस्तु ३१ असोज । नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन प्रचार प्रसार समितीका कपिलवस्तुका २ नेता मनोनित भएका छन् । कांग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान र नेविसंघका पूर्व सहमहामन्त्री राजेश्व ज्ञवाली मनोनित हुनु भएको हो । केन्द्रिय प्रबक्ता प्रकाश शरण महत संयोजकत्वको समितीमा उहाहरु मनोनित हुनुभएको हो । मुसलमान निवर्तमान सांसद समेत हुनु हुन्छ भने ज्ञवाली चर्चित यूवा नेता । ज्ञवाली कपिलवस्तुवाट समानुपातिक उम्मेदवारमा सिफारिस भएपनि केन्द्रिय लिष्टमा पर्नु भएको थिएन ।
३१ आश्विन २०७९, सोमबार








प्रतिक्रिया