काठमाडौं १कार्तिक । केही नेता चुनावका बेला भन्छन्- म राज्यबाट पाइने कुनै सेवा सुविधा लिन्नँ, बरु तलब भत्ता समेत जनतालाई बाँड्छु । तर तीनै नेता पदमा हुँदा पाएको सुविधासमेत फिर्ता नगरी लाजै पचाउँछन् ।जनता समाजवादी पार्टी ९जसपा० की नेता तथा पूर्व भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादवले मन्त्री पदबाट हटेको तीन महिना पुगिसक्दा समेत मन्त्रालयबाट लगेका दुईवटा सवारी साधान फिर्ता गरेकी छैनन् ।
यादवले मन्त्री हुँदा झण्डावाल गाडीबाहेक अरु दुईवटा सरकारी गाडी लिएकी थिइन् । मन्त्री हुँदा लिएको २ वटा गाडी मन्त्रीबाट हटेको लामो समय हुँदासमेत यादवले २ वटै सरकारी गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ पूर्वमन्त्रीले सरकारी गाडीलाई सरकारी कार्यालयमा नै पार्किङ गरेर राख्ने गरेकी छन् । पूर्वमन्त्री यादवले एमजीको प्रदेश ३-०१ ००२ झ ५२३४ नम्बरको गाडी अहिले पनि आफूले नै प्रयोग गरिरहेकी छिन् । यो गाडी नयाँ बानेश्वरको यातायात व्यवस्था कार्यालयको पार्किङमा नै राख्ने गरिएको छ ।यादव यातायात कार्यालय नजिकै घरमा बस्ने गरेकाले पार्किङ अपुग हुँदा सोही कार्यालयमा गर्ने गरिएको छ । उनले अर्को एउटा सरकारी गाडी पनि प्रयोग गरिरहेकी छन् ।
उनी २०७८ असोज २२ गते नियुक्त भएकी थिइन् । यादवपछि २०७९ असार २० गते नियुक्त भएका मोहम्मद इस्तियाक राई पनि हटिसकेका छन् । केही दिन अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्री हटाएका थिए ।अहिले प्रधानमन्त्रीले नै भौतिक पूर्वाधार मन्त्रालय पनि सम्हालेका छन् । पूर्वमन्त्री यादवले भने आफूले सरकारी गाडी छाडिसकेको दाबी गरिन् । उनले भनिन्, ‘मन्त्रीबाट हटेपछि सरकारी गाडी प्रयोग गर्ने कुरा हुँदैन गरेको पनि पनि छैन् । यस विषयमा अहिले धेरै बोल्ने समय छैन । चुनाव लागेकाले म जिल्लामा आएको छु ।’
मन्त्रालयका एक अधिकारीका अनुसार यादवले सरकारी गाडीमा ड्राइभर पनि राखेकी छन् । यातायात व्यवस्था विभागमा गाडी ल्याएर राखिने गरेको छ । यसबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपाल पूर्वमन्त्रीले गाडी फिर्ता नगरेको कुरा मन्त्रालयमा पनि उठेको बताए ।उनले भने, ‘हामीले पनि पूर्व मन्त्री रेणुकारी यादवले गाडी फिर्ता नगरेको भन्ने कुरा सुनेका छौं । तर यस विषयमा मैले के हो भन्ने राम्रोसँग बुझेको छैन् । गाडी फिर्ता नगरेको भन्ने कुरा नै छ । यस विषयमा के रहेछ म बुझ्नेछु ।’
१ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया