पशुपति गिरी
कपिलवस्तु, ०१ कार्तिक ।
प्रविधिको विकास सगैँ अहिले कम्प्युटरको ज्ञान हुनु अनिवार्य भैसकेको छ ।कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ ।कपिलवस्तुमा कम्प्युटरका विभिन्न कोर्शहरु पढ्ने विद्यार्थी र पढाउने इन्स्टिच्युटको सङ्ख्या पनि तिव्र रुपमा वृद्धि भैरहेको हामि देख्न सक्छौ । बिगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले अहिले जिल्लामै नयाँ र जिवनपयोगी कोर्शहरु ल्याएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा रहेको यस इन्स्टिच्युटमा अहिले पनि कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिदै आइरहेको छ ।परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युट ले जनाएको छ । ईन्स्टिच्युटले जिल्लामै कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीको मन जित्न सफल भएको छ ।

पाँच वर्षको अवधिमा करिब १५ सय विद्यार्थी लाई कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको यस इन्स्टिच्युटमा अहिले पनि ३ सय बढी विद्यार्थीहरु विभिन्न कोर्शमा अध्यानरत रहेको इन्स्टिच्युटका डाइरेक्टर शर्माले बताउनु भएको छ । इन्स्टिच्युटमा त्थउष्लन अयmउभितष्यल लगायत विभिन्न परिक्षाहरु हुने गर्दा विद्यार्थीहरुले एन्जल्स कम्प्युटर इन्स्टिच्युट नै रोजाइमा पारेका छन् । कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, गल्मी, रुपन्देही लगायत विभिन्न जिल्ला बाट कलेज पढ्न आएका विद्यार्थीहरुले उक्त इन्स्टिच्युट बाट विभिन्न कोर्शहरु गरेको उहाँले बताउनु भएको छ ।

”डाइरेक्टर शर्माले भन्नु भयो ” अहिले कम्प्युटरको युग हो त्यसैले हामि विद्यार्थीको माग अनुसारका नयाँ नयाँ विषय ल्याइरहेका छौं। गरिव जेहेन्दार विद्यार्थीको लागि अझ छुटको समेत व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयोअहिले एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विभिन्न कोर्षहरुको कक्षाहरू संचालन भैरहेको ईन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो ।









प्रतिक्रिया