प्रदेश

प्रदेश सदस्यसहित करिब २ सय एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेश




हरि घिमिरे
कपिलवस्तु, ०१ कार्तिक ।
नेकपा एमाले लुम्बिनी प्रदेश समिती सदस्य घरभरन यादव सहित करिब २ सय जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोधन गाउपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समितीको कार्यालय स्थापना कार्यक्रममा मंगलवार उनिहरु प्रवेश गरेका हुन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल (बलदेव), संयुक्त बाम लोकतान्त्रीक गठबन्धनका प्रचार प्रसार संयोजक अतहर कमाल मुसलवान, कांग्रेस नेता राजेश आचार्य, माओवादि नेता रामलौटन् तिवारी, प्रदेश सभा सदस्यका उम्मेद्वार सहसराम यादव लगायतले उनिहरुलाई प्रवेश गराएका हुन ।
यस्तै एमाले जिल्ला नेता राधेश्याम यादव, जनमतका जिल्ला नेता अनिल तिवारी सहित १९० जना माओवादी केन्द्र प्रबेश गरेको संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको प्रचार प्रसार समितिले जनाएको छ । यसैबिच शुद्धोधन गाउपालिका निबर्तमान अध्यक्ष निसार अहमद खाँले बाम–लोकतान्त्रिक गठबन्धन अवको देशको आवश्यकता रहेको बताउदै बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदेवारलाई विजयि गराउन अपिल गरे ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६