प्रदेश

अब बन्ने गठबन्धनको सरकार ग्रामिण विकासमा केन्द्रीत हुनेछः बलदेव



कपिलवस्तु, ०१ कार्तिक ।
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकार ग्रामिण विकासमा केन्द्रीत हुने बताएका छन् ।

शुद्धोधनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंसिक रुपमा काम गर्न पाएको र आगामी गठन हुने गठबन्धनको ५ बर्षे सरकारले गाउँगाउँमा विकास गर्ने बताएका हुन् ।

आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगागी र परिवर्तनविरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँठाउँको विकास हुने दावी गरे । यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण यहाँको विकास गर्न नसकिएको बताए ।

जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ । कार्यक्रममा एमाले तथा अरु पार्टी त्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरुले एमाले नेतृत्वमा दास भएर बस्न नसकेपछि माओवादीमा आएको बताए ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६