प्रदेश

कमालको प्रश्नः जसले तपाइलार्ई नागरिकता विहिन बनायो उसैलाई भोट दिने ?



हरि घिमिरे
कपिलवस्तु, ०१ कार्तिक ।
नेपाली काँग्रेसका नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का चुनावी कमाण्डर अतहर कमाल (मुसलमान) ले मधेशी जनतालाई नागरिकताविहिन बनाउने पार्टी एमाले रहेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको सरकारले नागरिकताविहिन लाखौँ मधेशी जनतालाई नागरिकता दिन नागरिकता विधेयक दुवै सदनबाट पास गराएकोमा प्रमाणिकरणमा एमाले बाधक बनेको उनले बताए ।

शुद्धोधनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता मुलमानले मधेशविरोधी दललाई चिनेर मात्र भोट खसाल्न आग्रह गरेका छन् । सदनले पास गर्ने गरेको नागरिकता विधेयकलाई उग्र बनाउने पार्टी पनि एमाले नै भएकाले आगामी चुनावमा त्यसको हिसाब किताब जनताले गर्ने उनले बताए । यत्ति मात्र नभएर मुलुकलाई अस्थिर बनाउने काम पनि एमालेबाटै भएको उनको दावी छ ।

कार्यक्रममा एमाले तथा अरु पार्टी त्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरुले एमाले नेतृत्वमा दास भएर बस्न नसकेपछि माओवादीमा आएको बताए ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६