प्रदेश

“बुद्धभूमि वडा नम्बर १ मा खानेपानीको समस्या पुरा गर्न संघिय योजना ल्याउछु” वृजेश कुमार गुप्ता




कपिलवस्तु कार्तिक १ गते ।

बुद्धभूमि नगरपालिका वडा नम्बर १ का जनताले खानेपानीको समस्य समाधान गर्न एमालेका उम्मेदवार सँग आग्रह गरेका छन् । एमाले कपिलवस्तु २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईन्जीनियर वृजेश कुमार गुप्ता र २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने भुपाल सँग वडाका धेरै बस्तीमा खानेपानीको समस्या रहेकोले समाधानका लागि अपिल गरेका हुन ।
मतदाता सँग उम्मेदवार गुप्ताले सिँगो वडालाई खानेपानी पुग्ने गरी ठुला सहरी योजना संचालन गर्न पहल गर्ने प्रतिवद्धता गर्नु भएको छ । घरदैलोको क्रममा उहाँले पत्थरकोट, विरपुर, भेलाई, बसन्तपुर, मोर्मी आसपासका बस्तीमा नलको पानीमा आर्सेनिकको समस्या रहेको र खानेपानी ट्यांकी पानीको स्रोतको समस्या भएको गुनासो आएको बताउनु भयो ।
मतदाता सँग मत माग्दै गर्दा प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने (भुपाल)ले गठवन्धनको सरकारले २ वर्षमा भुमिहिन सुकुम्वासीलाई जग्गा दिनका लागि कुनै पनि काम नगरेको बताउनु भयो । केपी ओलीको पालामा भुमिहिन सुकुम्वासीको फारम भरीयो । त्यस पछि एमाले नेतृत्वको सरकार ढल्यो । अहिलेको सरकारले त्यही जग्गा नाप्न पनी सकेन । सुकुम्वासी लाई एमालेको सरकारले मात्र जग्गा दिने भुपालले बताउनु भयो ।
यसै विच एमाले बुद्धभुमि वडा नम्बर १ निर्वाचन परिचालन कमिटिको कार्यालय समेत आजै समुदघाट्न गरीएको छ । घरदैलोको क्रममा विभिन्न दल परित्याग गरी २२ जना एमाले प्रवेश गरेको एमाले जिल्ला सहसचिव सुशिला दर्लामीले बताउनु भयो ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६