भैरहवा, २ कार्तिक । राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले निर्वाचनमा दुई खालको गठबन्धन भएको बताउँदै सत्ता गठबन्धनलाई मत दिए देशको स्वतन्त्र अस्तित्व नै नरहने वताए त्यो पात्रको को हो प्रधानमन्त्री भन्ने निश्चित नै छैन। माधव नेपालले आफ्नै प्रधानमन्त्रीलाई फाल्खिनु भो। प्रचण्ड कहिले कहिले कता हुनुहुन्छ। त्यस्तो गठबन्धनलाई मत दिएर काम लाग्दैन। थापाले भने, ‘को प्रधानमन्त्री हो किलियर छैन। पाँच दलको प्रधानमन्त्री को हो रु थाहा छैन तर हाम्रो तीन दलको प्रधानमन्त्री केपी ओली नै हो।
आफू २ वर्ष ९ महिना गृहमन्त्री भएको बताउँदै थापाले विस्तारै बोहोरालाई गृहको बारेमा बिफ्रीङ गर्न थालेको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणलाई कटाक्ष गर्दै थापाले रुपन्देहीमा तक्माको बाढी नै आएको बताए। “आज भोली तक्माको धेरै बाढी आएको छ। रूपन्देही क्षेत्र नम्बर ३ मा बाढी नै आएको छ। हामी सरकारमा आएपछि त्यसरी तक्मा बांड्दैनथ्यौँ। तक्माको आधार हुन्छ हामी त्यसरी बाँड्ने गथ्यौँ। हामी उद्योगलाई सञ्चालन गरेर अंगाडी बढाउनेलाई उद्योगीलाई तक्मा दिन्थ्यौँ।”थापाले भने, “नाकामा चोरी निकासी रोक्ने प्रहरीलाई हामी तक्मा दिन्थ्यौँ । सिँञ्चाई नपाएर हाँहाँकार भएको किसानलाई तक्मा दिन्छौँ। पार्टीलाई भोट दिन्छ भनेर हामी कदापी तक्मा दिँदैनौँ । बोहराजीलाई, महेन्द्रजीलाई, तुल्सीजीलाई भोट दिएर तक्मा दिँदैनौँ है । काम गरेको आधार हुनुपर्छ तक्मा दिने। कहिलेकाहीं बुवा छोरालाई मैले तक्मा दिएको सुन्छ मैले। मेरो विचारमा त्यो पूर्वाग्रह हो।”
रुपन्देही जिल्लामा दीपक बोहराले विकासको काम गरेर देखाएको बताउँदै थापाले भैरहवाको विकास र समृद्धिका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बोहरालाई मत दिन आग्रह गरे।थापाले भने, “चाहे भैलोभुजा भन्नुस। उहाँ पर्यटन मन्त्री पनि हुनुहुुन्थ्यो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बोहराको योगदान छ। बाटा घाटा विकासमा उहाँले धेरै काम गर्नु भो उहाँ रैथाने नेता हो। विकासप्रेमी हो प्रकृति गठबन्धन हो। हामीले परिपक्व मान्छे उठाएका छौँ त्यसैले हामी चुनाव जित्छौँ।
राप्रपाका वरिष्ठ नेता तथा तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार दिपक बोहोराले भने, हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौ की, तपाईहरुको एक एक मतलाई हामी देश निर्माणमा इट्टा थप्ने गरी कामको अगुवाई गर्नेछौं। ’उनले सामाजिक न्यायको पक्षमा, बैज्ञानिक र व्यवहारिक शिक्षाको प्रत्याभुतिको लागि लागिपर्ने बताए।युवाहरुको सोँच, पाका पुस्ताको अनुभवलाई मिश्रण गर्दै समाज रुपान्तरणको लागि दिलो ज्यानले लाग्ने प्रण पनि गर्दै यो निर्वाचनमा होमिएका उनको भनाइ छ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ ९ख० बाट प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सीप्रसाद चौधरीले दीपक बोहराले यहाँबाट चुनाव जित्दा केपी ओली प्रधानमन्त्री बन्ने बताए।प्रदेश सदस्य महेन्द्र यादवले चुनाव जित्दा नेकपा एमालेको प्रदेशमा मुख्यमन्त्री बन्ने हो। चौधरीले भने, ‘स्थानीय चुनावको मतलाई जोड्ने हो भने कांग्रेसको भन्दा हाम्रो १२ हजार मत बढी छ। ३ ९क० को ७ हजार मत धेरै मतले हामी जित्दै छौं। ३ ख मा दिपक बोहरालाई पनि जिताउछौं प्रदेश सदस्य पनि जिताउछौं। हामी जे बोल्छौं त्यही गर्छौं यहाँका मन्त्रीले पुल बनाउन सक्नु भएन मैले पुल बनाउन नसके मत माग्न आउंदिन भने मैले १० महिनामै पुल बनाएं अब उहाँ मन्त्री त्यो ठाउंमा जान गाह्रो छ। ३ शक्तिको गठबन्धनलाई कसैले पनि हराउन सक्दैन।जसपाका नेता तथा प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ क का उम्मेदवार महेन्द्र यादवले ३ दलीय गठबन्धनले नै चुनाव जित्ने दावी गरे।
गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्दछु । मैले २०६३ साल देखि आन्दोलन गरें यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो। धेरैले नागरिकता पाए । सेना प्रहरीमा आरक्षण हामीले गर्दा भयो।रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिकी संयोजक स्वाती थापाको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै थापाले देशमा परिवर्तन, रोजगारी र शुसानका लागि नेकपा एमाले, राप्रपा र जसपालाई जिताउन आग्रह गरिन्।जसपाका केन्द्रीय सदस्य मातृकाप्रसाद यादवले तीनदलीय गठबन्धनले सत्तारुढ गठबन्धन अत्तालिएको बताए। रुपन्देहीमा नेकपा एमाले, राप्रपा र जसपा एक ठाउँमा आउँदा हामी धेरै बहुमतले चुनाव जित्छौँ उनले भने।कार्यक्रममा नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, एमालेका प्रदेश सदस्यहरु अनुप बराल, राजेन्द्रप्रसाद पन्थी, राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणा, नेकपा एमालेका जिल्ला उप सचिव हितराज पन्थी, राप्रपाका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, एमालेका नेता डा।राम प्रसाद बस्याल लगायतको आतिथ्यता रहेको थियो।
प्रतिक्रिया