जीवनशैली

भैरहवामा अदालतको आदेशको अपहेलना, ‘स्टे अर्डर’ लिएर भौतारिदै पीडित



भैरहवा २ कार्तिक । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १० बस्ने हरि शंकर मिश्र आफूले हकभोग गरि आएको जग्गामा सामुहिक निर्णय भन्दै जबरजस्ती छठ पोखरी बनाउने कार्य रोक्नको लागि हार गुहार लगाएका छन् । अदालतको स्टे अर्डर लिएर नगरपालिकादेखि प्रहरी प्रशासनसम्म धाउदा पनि सुनुवाई नभएको मिश्रको गुनासो छ । अन्तिम निकाय अदालत नै रहेको र अदालतको आदेश पनि बिपक्षीले नमानेपछि मिश्रले सास्ती खेप्नु परिरहेको छ । कार्यान्वयन निकायमा पटक–पटक धाउदा पनि आफ्नो जग्गामा निर्माण कार्य नरोकिएको उनको गुनासो छ ।
हरि शंकर मिश्रका बाबु बाजेले साविक भुजौली गाविस वडा नम्बर ७ ख हाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० अन्र्तगतको कित्ता नम्बर ५४४ र ५४५ को जग्गा हकभोग गर्दै आएका थिए । जोतभोग गरे पनि उक्त जग्गा आफ्नो नाममा दर्ता हुन छुट भएकोले छुट कित्ता दर्ताको लागि प्रक्रियामा रहेको उनले बताए । पुनरावेदन अदालतमा मुद्दा बिचाराधिन अवश्थामा रहेको छ । अदालतमा मुद्दा बिचाराधिक रहेकै अवश्थामा वडा अध्यक्ष सुर्जमन अहिरको सहभागीतामा उक्त जग्गामा जबरजस्ती छठ पोखरी निर्माण गरिरहेको मिश्रले गुनासो गरे ।
सिद्धार्थनगर नगर पालिकाको कार्यालयलाइ बिपक्षी बनाएर उनले पुनरावेदन अदालतमा निषेद्याज्ञा उत्प्रेषणको मुद्दा दायर गरेका थिए । सो बमोजिम पुनरावेन अदालतको बुटवल ईजलाशले असोज २६ गते अदालतमा बिचाराधिन अवश्थामा रहेको जग्गामा निर्माण कार्य नगर्नु नगराउनु भन्दै निषेद्याज्ञा उत्प्रेषण परमादेश जारी गरेको थियो । मिश्रले आफुले सो कागज बिपक्षी वडा अध्यक्ष समेतलाई देखाउदा पनि काम नरोकेको गुनासो गरे ।
काम नारोकिएपछि उनि पुनः अदालतको शरणमा पुगे । असोज ३१ गते पुनः पुनरावेदन अदालतले २६ गतेको अन्तरिक आदेशलाई निरन्तरता दिई निर्माण काम रोक्न आदेश गरेको थियो । तर बिपक्षीले फेरी पनि सो काम नरोकी निर्माण कार्य जारी राखेको उनको भनाई छ ।
यता दोगहरीका स्थानीयहरुले सो जग्गा हरिशंकर मिश्रको नभई सार्वजनिक रहेको दावी गरेका छन् । स्थानीयहरुले अदालतको आदेश आउँदैमा सार्वजनिक प्रयोगमा रहेको जग्गामा निर्माण काम नरोक्ने बताएका छन् । स्थानीय रामभवन कोईरीले उत्त जग्गा सुरुदेखी नै पोखरी र पर्तिको रुपमा रहेको बताए ।
स्थानीयहरुले देखाएको प्रमाण अनुसार उक्त जग्गा पोखरी र पर्ति भएको उल्लेख छ । नापी कार्यालयको फिल्ड बुकमा कित्ता नम्बर ५४४ पोखरी र ५४५ पर्ति जग्गा लेखिएको छ । तर हरिशंकर मिश्रले उक्त जग्गा सार्वजनिक नभई २०११ सालदेखी नै आफ्ना पुर्खाहरुले हकभोग गर्दै आएकोले छुट कित्ता दर्ता गरि पाउ भन्दै मुद्दा लडिरहेका छन् । मुद्दाको किनारा नलाग्दासम्म उक्त जग्गा कोहीले पनि दाबी गर्न नपाउने तर्क गरेका छन् । उनले वडा नम्बर १० का वडा अध्यक्ष सुर्जमन अहिरको नेतृत्वमा उनकै कार्यकर्ताहरुले जबरजस्ती निर्माण गरेको आरोप लगाए ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६