प्रदेश

स्वास्थ्यसेवा प्रवाहमा कुनै ‘कम्प्रमाइज’ हुँदैनः मेयर श्रेष्ठ




कपिलवस्तु, ०२ कार्तिक ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा पछाडी पारिएका वा उच्च जोखिममा परेका बस्तीहरुको पहिचान विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालिकाको नगर प्रमुख केशव श्रेष्ठले स्वास्थ्यको प्रवाहमा कुनै सम्झौता (कम्प्रमाइज) नगर्ने र मापदण्ड अनुसार अघि बढ्ने बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा पछि परेको समुदाय, जातजातिको पहिचान र विकासका लागि नगरपालिका हात्तेमालो गर्न तयार रहेको बताउनु भयो । बुद्धभुमिले स्वास्थ्य नीति निर्माण गरिरहेको बताउदै स्वास्थ सेवाबाट टाढा रहेका नागरिकको पक्षमा पालिका सदैव कटिबद्ध रहने नगरप्रमुख केशव श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभुमी नगरपालिकाको प्रमुख प्रशासकीय रमेश गौतमले स्वास्थ्य सेवा प्रवाहमा नीति निर्माण गरि नगरपालिका अग्रसर रहेको बताउनु भयो । नगरका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि सेवा प्रवाह चुस्तदुरुस्त बनाएको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिनुभयो ।

आधारभुत स्वास्थ्य परियोजना अन्तरगत फेर मेडको सहयोग र कालिका स्वालम्वन सामाजिक विकास केन्द्रको आयोजना र बुद्धभुमी नगरपालिकाको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सहजीकरण गर्दै परियोजना अधिकृत निशान कुवाँरले बुद्धभुमीको अवस्था र कार्यक्रमको प्रभावको बारेमा सहजीकरण गर्नु भएको थियो ।

जिल्लाको गोरुसिङ्गेमा आयोजित कार्यक्रममा पहिलो चरणको कार्यक्रम सुरुवात अन्तरगत बस्ती पहिचान, मातृशिशु स्वास्थ्य सेवाको उपयोगमा कमि, उपेक्षित उष्णप्रदेशिय रोगहरुको तथ्यांकका नक्सांकन गरिएको छ ।

त्यस्तै स्वास्थ्य सेवाबाट बन्चित, जनचेतनाको कमि, सरसफाइको कमि, पिछडिएका जातजाति र अल्पसंख्यक समूह, सेवाको पहुच टाढा भएको, आर्थिक विपन्नता, अनुमानित घरधुरी संख्याको समेत नक्सांकन गरिएको परियोजनाको सिएचएम सुमित्रा भट्टराईले जानकारी दिनु भयो ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६