कृषि

स्थानीय सरकार र कृषक बीचको सेतु प्राविधिक :प्रमुख आचार्य



भुपाल थापा

कपिलबस्तु, २ कार्तिक ।कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा स्थानिय तहमा कार्यरत कृषि प्राविधिकहरुसँग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रविन्द्र नाथ चौवेको अध्यक्षता र जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।चालु आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार कृषि तथा पशुपंक्षी स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम तर्फ उक्त कार्यक्रम संचालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख चौवेले जनाएका छन् ।कार्यक्रममा जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख आर्चायले कृषिको समग्र बिकासका लागी कृषि प्राविधिकहरुको अहम् भूमिका रहने बताए ।

कृषक र स्थानीय सरकारबीचको सेतुको कार्य प्राविधिकहरुले गर्ने बताउदै कृषि क्षेत्रको आमूल परिवर्तनमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।त्यस्तै गरी संघ, प्रदेश तथा स्थानीय तह अन्तरगतका विभिन्न कार्यालयहरुबाट प्रवाह हुने कृषि अनुदानका कार्यक्रमहरुमा पारदर्शितासँगै कार्यक्रमको प्रवाह एकद्वार प्रणालीबाट सन्चालन गर्नुपर्ने आवश्यकता रहेको जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले बताए ।कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कपिलबस्तुका प्रमुख सहसराम चौधरी, कृषि अर्थबिज्ञ शिव पुजन गुप्ता लगायत जिल्लाका सबै स्थानीय तहका प्राविधिक अधिकृत, नायब प्राबिधिक सहायकहरु तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । प्राविधिकहरुले आ–आफ्नो कार्य क्षेत्रमा गरेका कामहरुको विवरण पेश समेत गरेका थिए ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६