अर्थ-वाणिज्य

खुला पाँच दिने योग शिविर बुधवारबाट सुरु



कपिलवस्तु, २ कार्तिक ।कपिलवस्तु जिल्लाको बाणगंगा नगपालिका आयुर्वेद शाखा तथा मोतिपु आयुर्वेद औषधालयमा खुला पाँच दिने योग शिविर बुधवारबाट सुरु भएको छ । वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले ‘स्वस्थ जीवन’ बनाउन योगको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । विद्यालयमा विद्यार्थीलाई योग ध्यान नौतिक आचारण र अनुशासन लगायका कुरा आवश्यक परेको बताउदै नगरको निकालेको स्थानिय पाठ्यक्रममा समेत योग बैद्ध दर्शन,ध्यान लगायतको कुरा समाबेश गरीएको बताउनु भयो । पछिलो समय नगरमा धेरै योग शिविरहरु सञ्चालनमा आएको बताउदै योगलाई सबैलेले निरन्तरता दिनु पर्ने उहाँले बताउनु भयो ।
पतञ्जलि योग समिति कपिलवस्तु तथा ओशो तथागत आश्रम,कपिलवस्तुको प्राविधिक सहयोग भएको कार्यक्रममा आयुर्वेदका प्रमुख तेजबाहादुर स्वमैले स्वास्थ्य प्रर्वद्धन , नसर्ने रोग नियन्त्रण र योग ध्यान प्रणमको बारेमा जानकारी दिन योग शिविर आयोजना गरिएको बताउनु भयो । रोगको प्रकोप बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न यसले ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।कपिलवस्तु पतञ्जति योग समिति जिल्ला प्रभारी कृष्ण मुरारी ज्ञवालीले पतञ्जति योग अन्तरगर्त ध्यान प्रणय,योग लगायतको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
वाणगंगा नगरपालिक शिक्षा शाखा प्रमुख खिमबाहादुर जिसि ,नगरका शिक्षा शाखा निर्वतमा उपसचिव बाबुराम भट्राई आयुर्वेद चिकिसक आशिष चौधरी लगायतको उपस्थिति रहेको रहेको थियो ।वडा नम्बर ८ का वडा अध्यक्ष तथा औषधालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता पोम नारायण पौडेलको सञ्चालनमा भएको थियो । ५ दिन सम्म जलेश्वर मन्दिरमा हुने शिवीर विहान साडे चार बजे देखि साडे छ बजेसम्म हुने छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६