कपिलवस्तु २ कात्तिक । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं.१ ले नयाँ भिजनका साथ मतदाता भेटघाटलाई तिब्रता दिंदै स्थानीयका माग र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । निर्वाचनका बेला मात्र नभई सदैव जनताको साथमा रहने बताउदै एमाले कपिलवस्तु क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीले मतदाता भेटघाट गरिरहेको छ ।प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले अन्य पार्टीको सरकारले २० बर्ष गर्न नकसकेका अनेकौ काम एमाले नेतृत्वको सरकारले ३ बर्षमा सम्पन्न गरेको दावि गर्नुभयो ।
बाणगंगा नगरपालिका वडा नंं. २ का गोबड्डिहवा, पिपरा, दक्षिण पिपरा, वैजलपुर, नन्दनगर लगायत विभिन्न स्थानमा मतदाता भेटघाटको क्रममा अधिकारीले एमालेको पालामा भएका विकासका कामको प्रचार प्रसारमा कमी भएकाले जनतामाझ पु¥याउनुपर्नेमा जोड दिनुभयो । सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नका लागि बाँकी रहेका विकासका काम पुरा गर्न एमालेको जित अपरिहार्य रहेको बताउनुभयो । साथै वडा नं.२ मा चुनावी सम्पर्क कार्यालयको समेत उद्घाटन गर्नुभएको छ ।क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार विष्णु पन्थीले जनता नमुना माविमा आफ्नो पहलमा नेपालमै पहिलो पटक ६ वटा प्राविधिक बिषयमा पढाई हुने र देशका अन्य प्रदेशका विद्यार्थीहरुले अध्ययन गर्न पाएको बताउनुभयो । त्यस्तै पन्थीले पिपरा अस्पतालको स्तरोन्नति गरि ट्रमा सेन्टर बनाउन आफु लागि पर्ने बताउनुभयो ।
वडा नं. २ को कलौनीमा रहेको अधुरो सामुदायिक भवनलाई पुर्णता दिने बताउनुभयो । उहाँले अव्यवस्थित वस्ती, सुकुम्वासीहरुको समस्या सधैका लागि समाधान गर्नका लागि जोड दिने बताउनुभयो ।यता क्षेत्र नंं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि मतदाता भेटघाटलाई तिब्रता दिनुभएको छ । एमालेको नेतृत्वको सरकार बने पछि स्थानीयका गुनासा, आवश्यकताको सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै टोलटोलमा गई स्थानीयसंग भेटघाट गर्नुभएको छ ।
प्रतिक्रिया