कपिलवस्तु ३ कात्तिक । बाणगंगा नगरपालिकाले भूमिको बर्गिाकरणका लागि नापी विभागका विज्ञ संग नगरका मुख्य सरोकारवालाको बीचमा बृहत्त छलफल गराएको छ । जसका आधारमा काम छिटटै पुरा गर्ने चरणमा पुगिएको मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरका मेयर चक्रपाणी अर्यालले भुमि बर्गिकरण सम्बन्धि कार्यविधि निमार्ण बर्गिाकरणलाई निष्कर्षमा पुराउन खोजिएको बताउनु भयो ।
्नगरले भुमि सम्बन्धि ऐन निमार्ण गरेकोले ऐन अनुसार कार्य गर्ने बताउनु भयो । कतिपय ऐनमा भएका अस्पष्टताका कारण सोहि विषयका विज्ञलाई वोलाएर छलफल गरिएको जनाउनु भयो । कार्यक्रममा नापी सेवा विभागका प्रमुख नापाी अधिकृतले भुमि बर्गिकरण सम्बन्धी विषयवस्तुमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले नगरले भुमि बर्गिकरण सम्बन्धि गरेका कामहरुको बारेमा जानकारी दिनु भएको थियो । नगरका शिक्षा शाखा प्रमुख खिम वहादुर जिशीको ससञ्चालनमा भएको कार्यक्रममा उपमेयर रिता कुमारी चौधरी , वडा अध्यक्षहरु , विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया