प्रदेश

कपिलवस्तुको बाणगंगामा दुर्घटना एकको मृत्यु



बाणगंगा, ०३ कार्तिक ।
कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मुत्यु भएको हो ।

विहिवार विहान बाणगंगा नगरपालिका ८ भोटेपथमा भएको उक्त दुर्घटनामा मोटरसाईकल चालक ३२ बर्षीय सुमन थारुको मुत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका उनको उपचारका क्रममा भैरहवास्थित सिटि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो ।

दाङ तल्सीपुरदेखि पोखरा जादै गरेको ना ७ ख ७३५१ नम्बरको बस र विपरित दिशाबाट गईरहेको लु २० प ५४९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटना भएको उहाले बताउनुभयो ।

उहाका अनुसार मोटरसाईकल पछाडि बसेका घाईते ३८ बर्षीय भवनाथ कुवँरको भैरहवामा उपचार भईरहेको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६