प्रदेश

कपिलवस्तुमा पहिलो पटक मेरुदण्डको सफल अप्रेसन




हरि घिमिरे

बाणगंगा, ३ कार्तिक ।कपिलवस्तुको बाणगंगा वडा न.४ मा सञ्चालित युनाईटेड अस्पतालले मेरुदण्डको सफल अप्रेसन गरेको छ । जिल्लामै पहिलो पटक यस अस्पतालले मेरुदण्डको अप्रेसन गर्न सफल भएको हो । अस्पतालले सिडिवाट खसेर मेरुदण्ड भाँचिएको महिलाको मंगलवार दिँउसो अप्रेसन गरेको थियो । बाणगंगा नगरपालिका वडा न. ११ घरबुदियाकि पञ्चमि थारुको हाड जोर्नी डाक्टर समिर खान लगाएतकोे टिमले अप्रेसन गरेको अस्पतालले जनाएको छ । अप्रेसन पछि पञ्चमि थारुको परिवार लगाएत स्वयम आफैले डाक्टरहरुलाई धन्यवाद ब्यत गर्नु भयो । यता हाड जोर्नी डाक्टर खानका अनुसार लामो समयको अनुभवले युनाईटेड अस्पतालमा अप्रेसन सेवा सुरु गरेको र प्राय सबै अप्रेसनहरु सफल भएको बताउनु भयो । हाल सम्म यस अस्पतालमा करिब २ सय भन्दा बढि साना–ठुला अप्रेसन भएका छन् ।

जसमा हाडजोर्नी भाँचिएको, एपेन्डीक्स, पाठेघरको अप्रेसन, डेलिभरिको अप्रेसन, पित्तको थैलिको अप्रेसन, लगाएतका अन्य थुप्रै अप्रेसन सफल भएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले बताउनु भयो । उहाँले अब केहि समयमा अस्पतालले थप सेवा सुविधा प्रदान गर्ने बताउनु भयो । आचार्यका अनुसार आईसियू, भेन्टीलेटर, सिटिस्क्यान सहित १ सय सैय्याको अस्पताल बन्ने र प्राविधिक शिक्षालय समेत पञ्चालन हुने बताँउनु भयो । अस्पतालले अन्य जनरल सुविधाहरु पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६