किरणमान बज्राचार्य
कपिलवस्तु ३ कार्तिक ।आगामी मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरी कांग्रेस कपिलवस्तुले तौलिहवा स्थित बहादुरगंज जाने चौराहामा चुनाव प्रचार प्रसार समिति कार्यालय खालेको छ । कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिले निर्वाचन क्षेत्र नम्बर २ र २ को खलाई लक्षित गरी प्रचार प्रसार कार्यालय खालेको हो । कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्य, क्षेत्र नम्बर २ ख का उम्मेदवार सुधारक पाण्डेय समानुपाति उम्मेदवार लक्ष्मी साउ गुप्ता लगायतले संयुक्त रुपमा रिबन काटेर बुधवार साझ सो कार्यालयको उदघाटन गरेका थिए । सो अवसरमा नेता आचार्यले पछि परेको जिल्ला कै बिकास र समृद्धिको लागि आफु उम्मेदवार रहेको बताए ।
आफनो स्वार्थ अनुकुल जित्नै कै लागि बिगत २३ बर्ष देखि शासन गरेको सांसत बृजेश कुमार गुप्ताले आफनो क्षेत्र मै केही खास काम गर्न नसेको उनले आरोप लगाए । उनले अहिले पनि यस क्षेत्रको रंगपुर लगायतका बिभिन्न स्थानको सडक र पुर्वाधारको अवस्था नाजुक रहेको बताए । आफु थारै समयकालागि मन्त्री हुदा ८ बाणंगगा नदि कटान नियन्त्रणका लागि ६ अर्ब १७ करोड रुपैया बिनियोजन गराएको उनले बताए । लक्षमणघाट देखि बर्डर सम्मको नहर मर्मतका लागि १ अर्ब २५ करोड महोरिया बाँदको लागि ८ करोड ५० लाख र दोहोनी बाँदको लागि ८ करोड ५० लाखका योजना आफुले ल्याएको उनले बताए । आफनै पहलमा बुद्धभुमिको गब्दाहवामा ढेड सय बिघाको गौशाला निर्माणकालागि पहल गरेको उनले बताए । ‘ माननीय भएर मात्र हुदैन, उहाँ पार्टी चर्हादै सासंद त हुनुभयो ! बहुतै पार्टी फेर्नु हुन्छ तर उहाँको संसदमा भूमिका र ससंद तथा प्रतिनिधिको जिम्मेवारी प्रति मेरो प्रश्न छ ’ ।
सो अवसरमा प्रदेश सभाको उम्मेदवार सुधाकर पाण्डेयले एमाले मधेस बिरोधी पार्टी भएको र त्यही पार्टीमा सांस गुप्ता प्रबेश गर्नु भएको बताए । उनले कांगैसको नेतृत्वमा पास भएको नागरिकता बिधेयक एमाले कै कारण पास हुन नसकेको बताए । उनले कांग्रेसको देश ब्यापीरुपमा लहर आएको उनले बताए । सो अवसरमा नेता तथा समानुपातिक उम्मेदवार राजेश आचार्यले प्रतिगमनलाई परास्त नर्ग र देशमा संबकृद्धि ल्याउन कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताए । सो अवसरमा नेता राजु अर्यालले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन कै उम्मेदवारलाई जिताउनु पर्ने बताए । सो अवसरमा नृतु लक्ष्मी कसौधन, नेता रबि ठाकुर नेत गिरीजशे कुमार पाण्डेय कन्यावती उपाध्यया पार्टीका जिल्ला सह सचिव माहोम्द ओजी अर्सद, राम आसिस पाण्डेय, राजेश ज्ञवाली लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम खुर्सेद अहमद खाको अध्यक्षतामा भएको थियो । सो अवसरमा बिभिन्न पार्टी त्याग गरी आधा दर्जन कांग्रेसमा प्रबेश गरेका थिए ।








प्रतिक्रिया