खेलकुद

महिला फुटबलको स्वर्ण सशस्त्रलाई



वालिङ, ३ कात्तिक :सशस्त्र प्रहरीले नवौँ राष्ट्रिय महिला फुटबलको स्वर्णपदक जितेको छ । स्याङ्जाको वालिङमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्रले उपाधिको रक्षा गरेको हो । सशस्त्रलाई स्वर्णपदक दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेल सुरू भएको १० मिनेटमा पहिलो गोल गरिन् । १–० ले अगाडि रहेको सशस्त्रका लागि मध्यान्तरपछि ५२ मिनेटमा पुनःभण्डारीले दोस्रो गोल थपिन् । २–० ले पछाडि परेको पुलिसले ७६ मिनेटमा सान्त्वना गोल फर्कायो । पुलिसका लागि एक गोल निरू थापाले गरेकी हुन् । पराजयसँगै पुलिसले रजत पदक प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानसहित कांस्यपदक पाएको छ । आर्मीले प्रदेश नं १ लाई ७–० ले पराजित गरेको हो । आर्मीका लागि तेस्रो मिनेटमा हिमा चौधरीले गोल गरिन् । त्यस लगतै अमिशा कार्कीले ५, ३५ र ४१ मिनेटमा गरी ह्याट्रिक पूरा गरिन् ।

त्यस्तै चन्द्रा भण्डारीले ४३ मिनेटमा थप एक गोल गरी पहिलो हाफमा ५–० ले आर्मी अगाडि रह्यो । दोस्रो हाफको ६१ मिनेटमा गङ्गा गुरुङ र ७१ मिनेटमा कुसुम खतिवडाले एक÷एक गोल गरेका थिए । मङ्गलबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले प्रदेश नं १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा तीन विभागीय टिमसहित सात वटा प्रदेशबाट एक/एक टिम गरी कूल १० टिमको सहभागिता थियो ।(रासस)

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६