प्रदेश

बाम लोकतान्त्रीक गठबन्धन जितको नजिक छः उम्मेद्वार




कपिलवस्तु, ०४ असोज ।
आगामी मंसिर ४ गतेको चुनावलाई लिएर कपिलवस्तुमा पनि चुनावी गतिविधि तीव्र भएको छ । तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा सबै दल र उम्मेदवारहरुले असोज ३० गते निर्वाचन आयोगबाट निर्वाचन चिन्ह पाएसंगै आ आफ्नो चुनावी गतिविधि तीव्र बनाएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका) उम्मेदवारले तीव्रताका साथ घरदैलो गर्ने र मतदातालाई भेट्ने काम गरिरहेका छन् भने चुनावी एकता गरेका नेकपा एमाले र जनता समाजवादी पार्टीले चुनाव जित्ने रणनीतिको रुपमा पनि घरदैलो, सम्पर्क कार्यालय खोल्ने देखि पार्टी प्रवेशको कार्यक्रमलाई जोडतोडका साथ अगाडी बढाइरहेका छन् । चुनावी गतिविधि गरिरहँदा सबैले आ–आफूले चुनाव जित्ने दावी गरिरहेका छन् ।

यसैबीच जिल्लाको सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि तथा प्रदेश सभाका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सजिलै चुनावी परिणाम आफूहरुको पक्षमा पार्ने बताएका छन् ।

नेकपा माओवादीका सचिव, पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार चक्रपाणी खनाल बलदेवले जनताको घरदैलेमा जाँदा निकै उत्साह देखिएको बताए । गत एक हप्तादेखि निरन्तर चुनावी कार्यक्रममा रहेका वलदेवले मंसिर ४ गतेको निर्वाचनमा मतदाताहरुले देशभर वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउने दावी गरे । उनले भने मेरो निर्वाचन क्षेत्र कपिलवस्तुको जहाँ जहाँ हामी पुगेका छौँ ।

‘जनता उत्साहित देखेका छौँ । संविधान मास्ने एमालेप्रति जनताको उत्साह देखिएन । हामी पनि विगतमा भएका गल्तीहरु सच्च्याउँदै अघि बढ्ने प्रतिवद्धता जनाइरहेका छौँ । जनताले विकास खोजिरहनु भएको पायौँ । विगतमा पनि हाम्रा कमजोरी भए । अब ती गल्ती नदोहोरिने गरी जनतासंग मत मागिरहेका छौँ ।’

बलदेवले जनताको उत्साहलाई देख्दा आफूहरुले हारको कल्पना नै नगरेको बताए । आफूहरुले हारे मुलुकले हार्ने उनले दावी गरेका छन् ।

यता प्रदेश सभा सदस्यतर्फ क्षेत्र नं. १ ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार डोलकराम घिमिरे र ‘ख’ का उम्मेदवार सहसराम यादवले पनि आफूहरुले सजिलै चुनाव जित्ने बताए । एमालेभन्दा गठबन्धनबाट उठेका उम्मेदवार बढी विकासप्रेमी, इमान्दार र परिवर्तनकारी रहेकाले जनताले आफूहरुलाई रोजेको घिमिरेको भनाई छ ।

आजसम्म दक्षिण र उत्तरका धेरै ठाउँमा पुगिसकेको भन्दै जनताले बाम लोकतान्त्रिक गठबन्धनलाई नै जिताउन तयारी गरिरहेको घिमिरेले बताए । चुनावसम्म गठबन्धनमा यही एकता कायम रहने र त्यसले प्रतिगामी शक्तिलाई बढार्ने उनको दावी छ । प्रदेश सभाका अर्का उम्मेदवार सहसराम यादवले मधेशी जनतालाई नागरिकताविहिन बनाउने एमालेलाई जनताले चिनिसिकेको भन्दै उनीहरु बढारिने दावी गरे । जनजनमा अहिले गठबन्धन रहेको उनको भनाई छ ।

गठबन्धनले चुनाव आफ्नो पक्षमा पार्न कपिलवस्तुमा सम्पर्क कार्यालय खोल्ने, घरदैलो गर्ने र अरु पार्टीका असन्तुष्ट नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कामहरु गरिहेको चुनावी कमाण्डर अतहर कमाल मुसलमानले बताए ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६