प्रदेश

आचार्यको पहलमा बाणगंगा नदीमा ६ अर्बको तटबन्ध बन्न थाले पछि जनता खुसी

बाणगंगा नदीमा ६ अर्बको तटबन्धको डिपिआर स्विकृत




कपिलवस्तु, ४ कार्तिक ।
बर्षातका बेला कपिलवस्तु जिल्लाको बाणगंगा नदीको कटानले यहाँका अकबरपुर, खोरिया, सेमरी, सिग्रहा, हरदौना लगायतका क्षेत्रका नागरिकलाई निद्रा लाग्दैन । बिशेषतहः कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाका जनतालाई हरेक बर्षातका बेलामा नदी कटानको त्रास रहदै आएको छ । तर नेपाली काँग्रेस नेता सुरेन्द्रराज आचार्यको पहलमा बाणगंगा नदीको ऋगीघाट देखी यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाको भारतिय सिमाना सम्म तटबन्ध निर्माण हुने भए पछि अहिले यहाँका स्थानियमा आशा पलाएको छ । हरेक बर्षको नदी कटानका कारण जोखिममा रहेका नागरिकलाई तटबन्ध नहुदाँ नदी कटान र डुबानको सास्ती भोग्नु पर्ने बाध्यता, अब अन्त्य हुने भएको छ ।

अहिले बाणगंगा नदीको दुवै तर्फ भारतको सहयोगमा जनताको तटबन्ध कार्यक्रम फिल्ड अफिस नम्बर ५ बुटवलले तटबन्ध निर्माणको प्रक्रिया अगाडी बढाएको छ । भारतको गंगानदीमा जोडिने नदीको तटबन्धका लागी त्यहाँको फल्ड कन्ट्रोल कमिशनले तटबन्ध बनाएर बाढी नियन्त्रण र नदी कटान रोक्न सहयोग पुर्याउने उद्धेश्यले नेपाली पक्षले तयार पारेको ६ अर्ब बढिको डिपिआर स्विकृत गरेको छ । डिपिआर स्विकृत भए सगै तटबन्ध निर्माणका लागी ६ अर्ब बढिको सहयोग आउने सुनिश्चित भएको छ ।

जसका कारण जनताको तटबन्ध कार्यक्रमले गत बर्ष तयार पारेको ६ अर्ब बढिको डिपिआर स्विकृत भै कार्यान्वयनको चरणमा गएको हो । सहयोग गर्ने राष्ट्र भारतले तटबन्धको कार्यलाई प्याकेज प्याकेजमा स्विकृत गर्ने छ । दुवै राष्ट्रको ज्वाईन्ट कमिटी अन ईमन्डेसन फ्ल्ड म्यानेजमेन्ट (जेसिआईएफएम) ले चाडै अनुगमन गरे लगत्तै ठेक्का प्रक्रिया शुरु गरि सन् २०२८ सम्म तटबन्ध निर्माणको कार्य पुरा गरिने छ । बाणगंगा नदीको ४९ किलोमिटर लामो क्षेत्रफलमा हाल तटबन्ध नभएका स्थानमा तटबन्ध निर्माण सगै तटबन्ध माथी ग्राभेल सडक निर्माण गर्ने योजना डिपीआरमा राखिएको छ ।
“हामीले बाणगंगा नदीको ४९ किलोमिटरमा दुवै तर्फ तटबन्ध निर्माणका लागी तयार पारेको ६ अर्ब बढिको डिपिआर भारतको गंगा फ्ल्ड कन्ट्रोल कमिशनले स्विकृत गरिसकेको छ । हामी चाडै टेन्डर प्रक्रिया अगाडी बढाउने क्रममा छौं ।” जनताको तटबन्ध कार्यक्रम फिल्ड अफिस नम्बर ५ बुटवलका डिभिजन ईन्जिनियर ईश्वरी तिवारीले भने । उनले दुवै तर्फ गरि ९८ किलोमिटर मध्य ७२ किलोमिटर बढि क्षेत्रफलमा तटबन्ध बन्ने जानकारी दिए ।


यता बाणगंगा नदीमा तटबन्ध बन्ने भए पछि बर्षौ देखी भोग्दै आएको बाढी र नदी कटानको समस्या समाधान हुने अवस्था आएको यशोधरा गाउँपालिका वडा नम्बर ८ खोरियाका पुन्नवासी कोरीले बताए । “हामी हरेक बर्षको बाढीमा कहिले बाध भत्किन्छ भनेर त्रासमा छौं । गत बर्ष केहि बाध भत्कियो, तर क्षति हुन पाएन । अब तटबन्ध बन्ने भए पछि खुसी लागेको छ ।” उनले भने । काँग्रेस नेता सुरेन्द्रराज आचार्यको पहलले जनताले हरेक बर्ष खेप्दै आएको नदी कटानको समस्या गरि तटबन्ध निर्माण हुन थालेकोमा उनले नेता आचार्यलाई धन्यबाद दिए ।


“हामी बाणगंगा नदीको कटानले धेरै पिडित र त्रसित छौ । काँग्रेस नेता आचार्यले पहल गरि बाणगंगा नदीको तटबन्धका निर्माणका लागी ठुलो बजेट ल्याउन सफल भएकोमा खुसी लागेको छ ।” खोरियाकै अर्का स्थानिय राधेश्याम पाण्डेयले भने । तटबन्ध निर्माण पुरा भए पछि बाणगंगा नदीको दुवै क्षेत्रका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र महाराजगंज नगरका बासिन्दाले नदी कटान र बाढीको समस्या भोग्नु नपर्ने उनले बताए ।


आफुले सिचाई राज्यमन्त्री भएका बेला बाणगंगा नदीको कटान रोक्न महाराजगंज नगरपालिकाको सिंग्रहा र हर्दौनाको केहि स्थानमा तटबन्ध निर्माण गराएको भए पनि पछिल्लो समयको पहलले ऋगीघाट देखी भारतिय सिमा सम्मनै बाणगंगा नदीमा तटबन्ध बन्न थालेको नेता सुरेन्द्रराज आचार्यले बताए । “मैले अघिल्लो निर्वाचन नजिते पनि यस क्षेत्रका नागरिकले भोग्दै आएको बाणगंगा नदीको कटानको समस्या समाधान गर्न तटबन्ध निर्माणमा सधैं पहल गर्दै आएको थिए । पहलकदमीका क्रममा ६ अर्ब बढिको डिपिआर स्विकृत भए सगै तटबन्ध निर्माणको सुनिश्चितता भएको छ ।” आचार्यले भने । आफुले तटबन्ध मात्रै नभई कपिलवस्तु नगरपालिकाको दोहनी बाध र महुवरिया बाध निर्माणका लागी राज्यमन्त्री भएका बेला बजेट छुट्टयाएर कार्यान्वयन गराउन सफल भएकोमा खुसी लागेको उनले बताए । काँग्रेस नेता आचार्य कपिलवस्तु प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर २ का बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार हुन ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६