प्रदेश

एमालेको भोट माग्ने नैतिक अधिकार छैनः धुर्व रायमाझि




कपिलवस्तु, ०४ कार्तिक ।
कपिलवस्तु क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य राप्रपाका उम्मेद्वार धुर्व रायमाझिले नेकपा एमालेको भोट माग्ने कुनै नैतिक अधिकार नभएको बताउनु भएको छ । राप्रपा केन्द्रिय सदस्य समेत रहेका रायमाझिले शुक्रवार बाणगंगा चार नम्बरमा निर्वाचन प्रचार प्रसार कार्यलयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो “राजनितीक स्थिरता दिन्छौं, विकास निमार्ण गर्छौ भन्ने एमाले उम्मेद्वारले न पार्टी बचाउन सके न विकास निमार्ण गर्न सके ।” अब के नैतिक आधार छ उनिहरुले जनता संग भोट माग्ने उहाँले प्रश्न गर्नु भयो । अब कुनै पनि राजनितीक दलले जनतालाई सुनाउने केहि छैन उल्टै जनताले प्रश्न गरेका छन् । के गर्नु भयो र अहिले सम्म कहाँ लुक्नु भएको थियो ? रायमाझिले भन्नुभयो । उहाँले थप्नु भयो गठबन्धनले पनि कुनै लछार पाटो लाउने छैन् । उहाँले राप्रपाका युवाहरु एउटा परिर्वतनको लहर ल्याएर आएको बताउनु भयो । पुर्व मेचि देखि पश्चिम महाकाली सम्म राप्रपाको जन लहरले ठुला राजनितिक दल आत्तिएको उहाँले बताउनु भयो । कपिलवस्तुका जनताले राप्रपा राम्रो संग बुझेकाले अवको नेतृत्वमा राप्रपाका उम्मेद्वारलाई हलो चिन्हमा छाप लगाएर पठाउनेमा आफु विश्वस्त रहेको उहाँले जिकिर गर्नु भयो ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६