कपिलवस्तु ४ कात्तिक । कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गत नेकपा (एमाले) का उम्मेद्वारहरु उत्तरको बाणगंगा देखि दक्षिणको भारतीय सिमा सम्मको विकासको खाका लिएर चुनावी मैदानमा उत्रीएका छन् । यस अगाडि पनि समाजसेवामा निरन्तर होमिएका तीनै जना उम्मेद्वार यति बेला मतदाता भेटघाटलाई तिब्रता दिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।बलराम अधिकारीको चुनावी एजेण्डामा चाकडचौडा भन्सारलाई स्तरउन्नतीगर्ने देखि बाणगंगा करिडोर बनाउने सम्मका योजना रहेका छन् । आज बाणगंगा नगरपालिका वडा नं. ४ मा प्रदेश सभा तर्फका समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपानेले पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका न्यौपानेले विचार नमिल्नेहरुको सत्ता गठबन्धन पहिलो चरणमै परास्त भईसकेको बताउनुभयो । जसपाले सत्ता गठबन्धन एकाएक छाडेर एमालेसं मिल्न आएसंगै यसको पुष्टि भएको न्यौपानेले बताउनुभयो ।
क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले यस क्षेत्रको विकासमा विगत देखि आफ्नो योगदान रहेको बताउदै आगामि दिनमा पनि त्यसको निरन्तरता दिने बताउनुभयो । उहाँले यहाँको विकासको नेतृत्व गर्ने अवसर विगतको योगदानले गर्दा आफुले पाउने बताउनुभयो । एमाले बाणगंगा ४ निर्वाचन परिचालन कमिटी संयोजक सर्वेन्द्रदेव खनालको अध्यक्षता तथा वडा कमिटी अध्यक्ष देवी पाण्डेको सञ्चालन रहेको उक्त कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।त्यस्तै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार जिल्लको शुद्धोधन गाउँपालिका वडा नं.५ का विभिन्न स्थानका अगुवा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्नुभएको छ ।
मतदातासंग भेटघाट गर्दै उहाँले मधेशको विकासका लागि एमालेको विकल्प नरहेको दावि समेत गर्नुभएको छ ।क्षेत्र नंं.१ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि आफ्नो क्षेत्रका मतदाता तथा अगुवा कार्यकताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।
प्रतिक्रिया