अर्थ-वाणिज्य

बिष्णु पन्थीलाई विकास र समृद्धीका रोल मोडल नेता भन्दै घरदैलोमा स्वागत



कपिलवस्तु ४ कात्तिक। नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीलाई बाणगंगा १ का सर्व साधारण नागरिकले विकास र समृद्धीका रोल मोडल नेताका रुपमा घरदैलोमा अभिनन्दन गरेकाछन् । टोलटोलमा मतदाताको शुभेच्छा सुझाव र सद्भाव ग्रहण गर्न घरदैलोमा पुग्नु भएका पन्थीलाई स्थानीयले यस्तै विकासका खाका साकार पारेर देखाउनु अवको कार्यकल झन सफल होस भन्ने शुभकामना दिएका छन् ।८१ बर्षका समाजसेवि नित्यानन्द ज्ञवालीले तपाई यो प्रदेश कै विकासको खाका सहितको दृष्टिकोण भएको नेताहो अझै एक पटक जितेर हाम्रा सन्ततीको विकास र समृद्धीको सपना साकार पार्नुस भन्दै शुभकामना दिनु भएको छ ।

यस अघि एमाले बाणगंगा नगरपालिका वडा नं. १ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पन्थीले नागरिकले बर्षौदेखि खेप्दै आईरहेको समस्या समाधान गर्नका लागि मृगौला डायलासिस केन्द्रको अगुवाई गरेकाले अब छिटै सेवा सुरु हुने बताउनुभयो । यस अगाडि नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार हुंदा आफ्नो पहलबाट भएका विभिन्न विकासका योजनाहरुको बारेमा अगुवा कार्यकर्ताहरुलाई जानकारी समेत गराउनु भएको थियो । उहाँले एमालेको एक घर एक धारा अभियानलाई पुरा गरि सबै नागरिकलाई खानेपानीको पहुंचमा लैजान अगुवा गर्ने बताउनुभयो । त्यस्तै निकट भविष्यमा पानीको मुहान सुक्दै जाने भएकाले अर्घाखाँचीको दोमिल्लामा पानीको भण्डारण गरि खानेपानी र सिंचाईको प्रबन्ध मिलाई कृषि क्षेत्रको समेत विकासमा जोड दिने बताउनुभयो ।

त्यस्तै उहाँले चार नम्बर जितपुर देखि उप्टहवा सडकखण्ड र वैरीया पिपरा हुंदै सिमलपानी जोड्ने लगायत दर्जनौ स्थानीय सडकखण्डहरुको स्तरोन्नति आफ्नै पहलमा भएको बताउनुभयो । पन्थीले सिद्धार्थ क्याम्पस, वाल मावि लगायत अन्य माध्यमिक विद्यालयहरुमा आफ्नै पहलमा प्रदेश सरकारको बजेटबाट भवन निर्माण तथा शैक्षिक सामग्री उपलब्ध गराएकाले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा ध्यान दिने बताउनुभयो । त्यस्तै यस क्षेत्रका पर्यटकीय स्थलहरु नन्दनगर कैलाश आश्रम, राजापानी, कपिलधाम लगायतका स्थलहरुमा निरन्तर बजेट उपलब्ध गराएको समेत बताउनुभयो । प्रदेश सांसदका उम्मेद्वार पन्थीले जगदिशपुर ताल र बुद्धसंग जोडिएका स्थलहरुको विकास र प्रवद्र्धन गरि पर्यटकीय क्षेत्रसंगै आर्थिक समृद्धि उन्मुख हुने बताउनुभयो ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६