ब्रेकिंग न्युज

शशस्त्र प्रहरीको ट्रक दुर्घटनामा २ को मृत्यू ३ गंंभिर घाइते : चालक सहितको सिंगो टीमले मापसे गरेको प्रमाण फेला




कपिलवस्तु ५ कात्तिक ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा २ जनाको घटना स्थलमै मृत्य भएकोछ भने ३ जना गंभिर घाइते भएका छन् । प्रहरी र स्थानीय गरी ६ जना घाइते भएका हुन् ।तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं। को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिडिरहेका पैदलयात्रीलाई सिउटीको पञ्जावी तड्का रेष्टुरेण्ट नजिक ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको हो ।ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी र साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ ।
यस्तै दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुल बहादुर घर्ती गम्भीर घाइते भएका छन् । यी तिनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।यस्तै दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी, प्रेम मल्लको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचारराती अवेर बुटवल रिफर गरिएकोछ । चलकको सीट संगै मदिराका वोतल प्रहरीले घटना स्थलवाट वरामद गरेकोछ। यसका आधारमा मापसे गरेर गाडी चलाएको पुष्टि भएको छ । चन्द्रौटावाट तौलिहवा जार्नु पर्ने ट«क राजापानीमा खाजा नास्ता खाएर जाने भन्दै चार नम्वरको वाटोवाट आएको श्रोतको दाविछ ।
सम्पूर्ण टीमले मापसे गर्दा चालकलाई समेत डवल लेनको फराकिलो वाटोछ केहि फरक पर्दैन भन्दै मापसेका लागि टोली प्रमुखले आदेश दिएको नाम उल्लेख नगर्ने शर्तमा घाइते प्रहरीले वताए । हिजो शसस्त्रले जिल्लाका ३ स्थानमा चुनाव लक्षित क्याम्प खडा गर्नेगरी बजेट सहितको निर्देशन आएपछि सम्वन्धित स्थल निरिक्षण गर्न हिडेको टोली दुर्घटनामा परेको हो । स्थानीयले सडक अवरुद्ध पार्नुका साथै सामुदायिक अस्पताल घेरेर घाइते प्रहरीलाई समेत थप उपचार गर्न बुटवल लैजान रोकेपछि मापसे जाँच गर्ने उपकरण हस्पीटलमै ल्याएर जाँच गरिएको थियो । चालकको मृत्यू भएकाले मापसे जाँच भने गरिएन । उपचारमा संलग्न चिकित्सकले घाइते सबैले मापसे सेवन गरेको वताएका थिए ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६