प्रदेश

फूलको उत्पादन पर्याप्त नहुँदा आयातमै निर्भर



भैरहवा ५ कात्तिक । रुपन्देहीमा तिहारका लागि मात्रै करिब ६० हजारभन्दा बढी माला आयात गरी सित भण्डारमा राखिएको छ । कोरोना महामारीले गत वर्ष कम माग भए पनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारमा ८० हजारभन्दा बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरूको अनुमान छ ।
सीमा नाकामा फूल आयातका लागि सरकारले केही कडाइ गरे पनि विभिन्न माध्यमबाट अवैध तरिकाले समेत फूल भित्रिने गरेको व्यवसायीहरू स्वीकार गर्छन् । बेलहिया भन्सार कार्यालयले भने भारतबाट फूल तथा माला भित्र्याउने क्रममा अनिवार्य क्वारेनटिन प्रमाणपत्र लगायतका कानुनी प्रक्रियाहरूलाई कडाइका साथ पालना गराइएको जनाएको छ । कार्यालयका प्रमुख मनिराम पौडेलले प्लास्टिकका फूलमालाई बाहेक अन्यका लागि अनिवार्य क्वारेनटिन गरी भित्र्याउन दिने गरिएको बताउनुभयो ।
यसरी भारतबाट भित्रिने माला प्रतिगोटा ८० देखि ९० रुपियाँसम्म पर्ने गर्दछ । हरेक वर्ष तिहारमा रुपन्देहीमा भारतबाट ८०÷९० हजार फूलका माला भित्रिने गरेको व्यवसायी किरण श्रेष्ठले बताउनुभयो । यो अवधिमा नेपाली किसानहरूले मूल्य नपाएको तथा व्यवसायीहरूले महँगोमा नेपाली किसानबाट फूल खरिद गर्नुपर्ने बाध्यता रहेको आ–आफ्नै दाबी रहने गर्दछन् । यसैगरी माग अनुसार आपूर्ति तथा गुणस्तर कायम नहुँदा भारतबाट फूल माला भित्र्याउनु पर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो ।
गत वर्ष आठ हजार बढी माला बिक्री गर्नुभएका व्यवसायी श्रेष्ठले पाँच हजार बढी माला भारतबाट आयात गर्नुभएको थियो भने तीन हजार माला नेपाली किसानबाट खरिद गरेर बिक्री गर्नुभएको थियो ।
लुम्बिनी फ्लोरिकल्चर अफ एसोसिएसनका संस्थापक उपाध्यक्ष समेत रहनुभएका उहाँले यो वर्ष कोरोना महामारीको प्रभाव नरहेका कारण गत वर्षको तुलनामा बजारमा मालाको माग बढ्ने दाबी गर्नुभयो । यसैगरी, बाजाको मागसँगै मालाको मूल्य समेत बढ्न सक्ने उहाँको अनुमान छ । गत वर्ष न्यूनतम ८० रुपियाँबाट माला बेच्न सुरु गर्नुभएका उहाँले अन्तिममा १५० रुपियाँसम्म परेको उल्लेख गर्नुभयो । यसैगरी, यो वर्ष भने न्यूनतम मूल्य नै सय रुपियाँमाथि कायम रहने उल्लेख गर्नुभयो ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६