प्रदेश

चिन्ह हेरेर होइन गठबन्धनको मर्म बुझेर मतदान गरौंः बलदेव



कपिलवस्तु, ०५ कार्तिक ।
कपिलवस्तुको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेवले ५ बर्षमा जनचाहानाअनुसार काम गर्न नसकेको स्विकार गरेका छन् । वाम गठबन्धन बनाएर दुई तिहाईको सरकार बनाएर पनि त्यसले जनचाहाना अनुसार काम गर्न नसक्दा आफूहरु दुखी भएको उनले बताए ।

वाणगंगा नगरपालिका वडा नम्बर ४ को गजेहडामा प्रचार प्रसारको वडा कार्यालयको उद्घाटन गर्दै बलदेवले यसो हुनुको प्रमुख कारण तत्कालिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको तानाशाहपन भएको नेताकार्यकर्तामाझ सुनाए । ५ बर्षमा धेरै केही काम गर्न नसकेपनि एउटा महत्वपूर्ण काम भने गर्यौँ उनले भने ओली राज र उनको तानाशाहले संविधान च्यात्ने र मास्ने काम गरिरहेको थियो । त्यसको लागि बाट दलहरु मिलेर गठबन्धन बनायौँ । यही गठबन्धनले अहिले संविधान जोगाउन सफल भएको छ ।

नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्रीसमेत रहेका बलदेवले आफू सांसद भएर हिजो गर्न नसकेका कामहरु अब जितेर पुरा गर्ने बताए । वलदेवले आफूहरु ७४ सालदेखि नै गठबन्धनमा रहेकाले आश्चर्य नमान्न आग्रह गरेका छन् । हिजो ओलीसंग गठबन्धन गरेर गल्ती गरिएछ, अब अहिलेको चार दल यस्तो गल्ती गर्दैन, देउवा, प्रचण्ड, माधव, चित्र बहादुर मिलेर मुलुकलाई विकासको गतिमा लैजानुहुन्छ । हामी लैजान्छौँ । चिन्ह हेरेर होइन गठबन्धनको मर्म बुझेर मतदान गर्नुहोला । गाउँगाउँमा कार्यकर्ता तहमा यसको सन्देश दिनुहोला बलदेवको आग्रह छ ।

कार्यक्रममा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य उम्मेदवार डोलकराम घिमिरे, जिल्लाका चुनावी कमाण्डर अतहर कमाल मुसलमान लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६