प्रदेश

दाङको बबई नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता



दाङ, ०५ कार्तिक ।
दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३÷१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्। चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर नुहाउन भनेर गएका तीन मध्ये दुई जना बगेका हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण – २ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नुहाउन गएका उनीहरू शनिबार दिउँसो बगेर बेपत्ता भएका हुन्। बेपत्ता भएको खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी कार्यमा खटिएको डिएसपी मल्लले जानकारी दिए।

स्थानीय पौडीबाज लगायत सर्वसाधारण मानिस बेपत्ताको खोजीमा खटिए पनि हालसम्म फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। केही दिन पहिले मात्रै एक जना ब्यक्तिको सितलपुर पुलभन्दा केही माथिबाट नदी तर्ने क्रममा बगेर मृत्यु भएको थियो।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६