ब्रेकिंग न्युज

लियो क्लबको महत्त्वपूर्ण निणर्यका साथ तेस्रो एरिया बैठक सम्पन्न



पशुपति गिरी

कपिलवस्तु, ०५ कार्तिक । लियो कलब अफ कपिलवस्तुले होस्ट भएर आयोजना गरेको एरिया१ को तेस्रो बैठक कपिलवस्तुको बा ना पा २ पिपरा को लुम्बिनी पाटी प्यालेसमा सम्म्पन भएको छ। एरिया १ का एरिया चिफ सिधर कुवरको अध्यक्ष,लायन्स इन्टरनेस्नल रिजन १४का रिजन चिफ सुरेन्द्र घिमिरे लायन्स कलव अफ कपिलवस्तुका अध्यक्ष रामशुभागे थारु, लायन्स का तर्फ बाट लियो कोडिनेटर सन्दिप भट्टराई साथै लियो कलब अफ कपिलवस्तुका संसाथपक अध्यक्ष नवराज घिमिरे आतिथ्यतामा सम्पन्न बैठकमा रिजन २ कि रिजन चिफ हिमानी क्षेष्ठ र रिजन ३ रिजन चिफ पाण्ड्ब भण्डारिको सहभागीता थियो ।

उक्त बैठकमा पौष दुई गते पाल्पामा लियो जिल्ल परिषद ३२५ पि नेपालको दोस्रो काउन्सिल बैठक सभ्य र भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष सागर बन्जाडेले जानकारी दिए। अर्को यस अग्रेजी महिना मा एरिया १ का २४ ओटा क्लबले १०० बढी सदस्यता बितरण गर्ने सामुहिक निर्णय गरियो हो । सिधर कुवंरको अध्यक्षता सम्पन्न बैठकमा सुरेन्द्र घिमिरेले बैठक बोलाएको मा आयोजक प्रती धन्यवाद ब्यक्त गर्दै ।लियो बाट एउटा नयाँ कुरा सिकेको कुरा अनुभव गर्दै बिगत पाँच बर्षमा हुन नसकेको एरिया बैठकले लियो क्लब अफ कपिलवस्तुले एतिहास रचेको कुराको ब्यक्त गर्नु भयो।त्यस्तै लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष थारुले बोल्दै आफुलाई उक्त कार्यक्रममा बोलाएको मा आयोजक प्रती धन्यवाद ब्यक्त गर्दै उज्यालोको पर्व तिहारको सुभकामना दिनु भयो।उक्त कार्यक्रममा दिपक आचार्यको संचालनमा सम्पन्न बैठकमा पन्ध्र वटा कलबका अध्यक्ष तथा प्रतिनिधिहरु त्यसैगरी होस्ट कलवका सम्पुर्ण सदस्यहरुको उपस्थिती थियो ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६