खोज–अनुसन्धान

मधेसमा ओलीले जिते गठबन्धनका हामी आइशोलेशनमा :प्रचण्ड



जनकपुरधाम ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।ओली कमजोर होलान भन्दा झनझन बलिया देखिए हामी यसलाई बुझ्न सकेका छैनौं उनले भने । मधेसमा ओलीको पक्षमा यस्तो स्थिती कहावाट कसले वनाइ रहेको छ यसमा कुनै विदेशीको हात पो छ की ? प्रचण्डले आशंका ब्यक्त गरे ।
गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस आन्दोलनको विरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? भन्ने प्रश्न उठाए ।उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।यस्तै हो भने यसपाली गठबन्धन ओलीसंग हार्नु पर्ने भयो भन्दै प्रचण्डले मधेसका बुद्धीजिवीलाई एमाले विरुद्ध लाग्न आग्रह गरे । चुप नबस्नोस एमाले विरुद्ध कडा रुपमा लाग्नोस उनले बुद्धिजीविलाई आग्रह गरे ।
प्रचण्डले भने– मधेसको अधिकारका लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवी,नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।यो हालतमा तपाई कसरी चुनावमा जित्नु हुन्छ भन्दै प्रचण्डले निराश भाव प्रकट गरे ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६